Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा १७ सय बढी केजी मिसावट गरिएको बेसार नष्ट, दुई लाख जरिवाना

हाम्रो कोशी आवाज
असोज ११ २०८०, बिहिबार
धरानमा १७ सय बढी केजी मिसावट गरिएको बेसार नष्ट, दुई लाख जरिवाना

धरानः धरानमा १७ सय बढी केजी मिसावट गरिएको अखाद्य बेसार नष्ट गरिएको छ ।
धरान उपमहानगरपालिकाले अनुगमन गर्दा फेला परेको १७४८ केजी मिसावट गरिएको अखाद्य बेसार नष्ट गरिएको अनुगमन अधिकृत वेदप्रसाद सापकोटाले जानकारी दिए । धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई साम्पाङ, उपमेयर अइन्द्रविक्रम बेघा, प्रहरी, प्रशासनलगायतको उपस्थितिमा सो बेसार धरान–११ स्थित निर्माणाधीन माया धराने साबुन फ्याक्ट्रीको जग्गा प्राङ्गणमा नष्ट गरिएको हो ।
अनुगमनका क्रममा बरामद भएको सो परिणाणको बेसार नष्ट गरिएको उनले जानकारी दिए । गएको भदौ २ गते अनुगमनका क्रममा धरान ११ स्थित चण्डेश्वरी कुटानी पिसानी मिलले १ हजार ७ सय ४८ केजी बेसार मिसावट गरेको पाइएको उनले जानकारी दिए ।
त्यहाँ बेसारमा चामलको खुदी मिसाएर पिसेको पाइएपछि सञ्चालकलाई दुई लाख रुपैयाँ जरिवाना पनि तिराइएको उनले जानकारी दिए । अनुगमन अधिकृत सापकोटाका अनुसार मिल सञ्चालक र व्यापारीले जरिवाना रकम राजश्वमा जम्मा गरेपछि मिसावट गरिएको बेसार नष्ट गरिएको हो । उनले उपभोक्ता हित संरक्षण ऐन २०७५ को दफा ३९ को १ (ख) बमोजिम २ लाख रुपैयाँ जरिवाना गरेको बताए ।
सो मिलबाट यसअघि नै ११ सय २५ केजी मिसावट बेसार बरामद भइसकेको थियो भने सिल गरेर राखिएको अन्य बेसारचाहिँ बिहीबार लगिएको र नष्ट गरिएको उनले जानकारी दिए । उनले खुदीलाई बेसार जस्तो देखाउन फुड कलर समेत मिसाइएको पाइएको जानकारी दिए ।

 

प्रकाशित मिति: असोज ११ २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend