Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

संघीयताप्रति संघीय सोंच नै बाधकः मुख्यमन्त्री कार्की

हाम्रो कोशी आवाज
असोज १२ २०८०, शुक्रबार
संघीयताप्रति संघीय सोंच नै बाधकः मुख्यमन्त्री कार्की

विराटनगरः कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले लामो अध्ययन र छलफलपछि देशकै पहिलो प्राविधिक विश्वविद्यालय स्थापना गर्न सफल भएको र हालसम्मको प्रगति पनि सन्तोषजनक रहेको बताए ।
मनमोहन विश्वविद्यालयका कुलपति तथा उनले सीमित बजेट भएपनि मितव्ययिता अपनाएर विश्वविद्यालय सञ्चालन गर्न प्रदेश सरकार सफल भइरहेको र भविश्यमा अझै प्रभावकारी ढंगले सञ्चालन गर्न प्रतिबद्धता जनाए । उनले मनमोहन प्रदेशको मात्र नभएर देशकै गौरव भएकोले यसले आफ्नो रणनीतिअनुसार अन्तर्राष्ट्रिय तहमा ख्याति प्राप्त गर्न सफल हुने विश्वास व्यक्त गरे । तर उनले संघीयताबारे संघको बुझाई अझै सकारात्मक नभइसकेकोले विश्वविद्यालयले गर्ने आपेक्षाकृत प्रगतीमा बाधा पुगिरहेको बताए । उपकुलपति कार्कीले भने, ‘अझै देशको हिमाल र पहाडमा प्राविधिक शिक्षाको टडकारो खाँचो छ तर संघीयाप्रति संघीय सोच नै बाधक भइरहेकोले आपेक्षाकृत प्रगति हुन सकिरहेको छैन ।’
देशकै पहिलो प्रावविधिक विश्वविद्यालय मनमोहनको तेस्रो सभा सम्पन्नः स्नातकोत्तर स्थातकमा थप कार्यक्रम सञ्चालन गर्ने घोषणा
विभिन्न विषयमा उच्च शिक्षाका थप कक्षा सञ्चालन गर्र्ने, आर्थिक वर्ष कोष निर्माण गर्ने र आफ्नै अस्पताल स्थापना गर्ने विभिन्न प्रस्ताव पारित गर्दै देशकै पहिलो प्राविधिक विश्वविद्यालयले तेस्रो साधारण सभा सम्पन्न गरेको छ ।
कुलपति तथा कोशी प्रदेशका मुख्यमन्त्री कार्कीको प्रमुख आतिथ्य र विश्वविद्यालयका बोर्डअफ गर्भनरका अध्यक्ष ईश्वर पोखरेलको विशेष उपस्थितिमा बिहीबार विराटनगरमा मनमोहनले विभिन्न महत्वपूर्ण प्रस्ताव पारित गर्दै आफनो तेस्रो परिषद सभा सम्पन्न गरेको हो ।
सभाले हेल्थ केयर एण्ड हस्पिटल म्यानेजमेन्टतर्फ स्नातोकोत्तरको कोर्ष सञ्चालन गर्ने, बायोमेडिकलतर्फ स्नातक तहको पाठ्यक्रम निर्माण गरेर पठनपाठन शुरु गराउने, प्राकृतिक चिकित्सासम्बन्धी स्नातक तहको पाठनपाठन शुरु गराउने, स्नातोकोत्तर तहअन्र्तगत स्ट्रक्चरल इन्जिनियरिङ कोर्ष सञ्चालन गर्र्र्नेबारे स्वीकृत प्रदान गरेको रजिष्ट्रार डा दिलनाथ फुँयालले बताए ।
रष्ट्रिार फुँयालका अनुसार सभाले स्नातक तहको सूचना प्रविधि कोर्ष निर्माण गरी पठनपाठन गराउन र विदेशी विज्ञहरुलाई बोलाएर पठनपाठन गराउनका लागि विश्विद्यालयबाट स्विकृत प्रदान गरेको छ । यसैगरी सभाले आर्थिक वर्ष २०८०।०८१ को बजेट पनि सर्वसम्मतले पारित गरेको छ । विश्वविद्यालयका प्राध्यापक, शिक्षक र कर्मचारीहरुको सेवाका शर्त र सुविधा सम्बन्धी नियमावली पारित गर्नुका साथै स्वास्थ्य संकायतर्फ अध्यन गर्ने विद्यार्थीहरुका लागि चिकित्सा आयोगको नीति अनुसार ७५ प्रतिशत छात्रवृत्ति उपलब्ध गराउन प्रदेश सरकारलाई सिफारिस गर्ने प्रस्ताव पनि पारित गरेको छ । यसैगरी विश्वविद्यालयले आफ्नै आर्थिक कोष बनाउने अनुमति पनि सभाबाट प्राप्त गरेको छ । आफ्नै अस्पताल नहुँदा मनमोहनले अझै स्वाथ्यतर्फका कक्षाहरु सञ्चालन गर्न नसकेकालेले आफ्नै अस्पताल उपलब्ध गराउन प्रदेश सरकारसँग सभाले माग पनि गरेको छ ।
२०७६ सालमा कोशी प्रदेश सरकारले प्रदेशसभाबाट कानुन बनाएर २०७८ देखी पठनपाठन सुरु गरको देशकै पहिलो मनमोहन प्राविधिक विश्वविद्यालयमा हाल इन्जिनियरिङ, मेडिकल एण्ड एप्लाइड एण्ड हेल्थ साइन्स र साइन्स एण्ड टेक्नोलोजीलगायत ३ वटा स्कुल स्थापना भएका छन् । जसमध्ले हालसम्म इन्जिनियरिङतर्फ सिभिल र इलेक्ट्रिोनिक्स एण्ड इलेक्ट्रिोनिक्स र मेडिकलतर्फ विफार्मेसीको कक्षा सञ्चालन भइसकेका छन । चालु शैक्षिक सत्रदेखि नै नेचुरोप्याथी, पब्लिक हेल्थ र हस्पिटालिटी म्यानेजमेन्ट सम्बन्धी स्नातक तहको कक्षा पनि सञ्चालन भइरहेको छ ।
मनमोहन विशिष्टकृतरुपले अगाडि बढनुपर्छः अध्यक्ष ईश्वर पोखरेल
विश्वबिद्यालय बोर्ड अझ गर्भनरका अध्यक्ष ईश्वर पोखरेलले स्वर्गीय लोकप्रिय प्रधानमन्त्री मनमोहन अधिकारीको शिक्षाको स्थापना पूरा गर्न ११ वर्षअघि स्थापना भएको मनमोहन स्मृति शिक्षालय हाल विश्वबिद्यालयमा स्तरोन्नति भएकोमा आफूलाई गर्व लागेको बताए । उनले प्राविधिक शिक्षालाई गुणस्तरीय बनाउन पूर्वाधार निर्माण र आर्थिक आत्मनिर्भरतातर्फ विश्वविद्यालयले चासो दिनुपर्नेमा जोड दिए । अध्यक्ष पोखरेललले भने, ‘अझै देशमा शिक्षा र स्वास्थ्य मौलिक हकका रुपमा कार्यान्वयनमा आउन सकेको छैन यसैले मनमोहन विशिष्टिकृतरुपमा आफनो लक्ष्यमा अगाडी बढनुपर्छ ।’
मनमोहनमा पानी परीक्षण गर्ने मेघा ल्याव र अर्न टु लर्न र इचवान टिचवान कार्यक्रम
उपकुलपति डा सुवाषश्री पोखरेलले मनमोहन विश्वबिद्यालयले विद्यार्थीलाई आफै कमाएर पढने अवसर सृजना गराउनका लार्गि अर्न टु लर्न’ र पढिरहेका विद्यार्थीहरुले तल्लो तहका विद्यार्थीलाई पढाउने अवसर सृजना गर्न ‘इचवान टिचवान’ कार्यक्रम सुरु गरेको जानकारी गराए । यसैगरी हाल भौतिक सामग्रीको गुणस्तर परीक्षण गर्दै आएको मनमोहनको इन्जिनियरिङ प्रयोगशालाझै खाद्यतर्फ पानी परीक्षण गर्ने मेघा ल्याव पनि शुरु गर्न लागेको जानकारी गराए ।
उपकुलपति पोखरेलका अनुसार २०७६ मा स्थापना भएर २०७८ देखि पठनपाठन सञ्चालन गर्न थालेको मनमोहनले १० वर्षभित्र तीन वटा स्कुलअन्तर्गत विभिन्न २७ वटा विषयमा स्नातकदेखि विद्यावारिधीसम्मको पठनपाठन गराउने १० वर्ष योजना बनाएको छ । उक्त्त योजना अनुसार १० वर्षपछि मनमोहन प्राविधिक विश्वविद्यालयबाट हरेक वर्ष २ हजार बढी विद्यार्थी दीक्षित हुनेछन् । साथै १० वर्षभित्र मनमोहन दक्षिण एसियामा चिनिएको अन्तराष्ट्रिय स्तरको विश्वविद्यालयका रुपमा परिचित हुनेछ ।

प्रकाशित मिति: असोज १२ २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend