Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सुनसरीको चक्रघट्टीबाट समातिएका धर्मगुरु श्रीनिवास ५०० तिरेर छुटे

हाम्रो कोशी आवाज
असोज १८ २०८०, बिहिबार
सुनसरीको चक्रघट्टीबाट समातिएका धर्मगुरु श्रीनिवास ५०० तिरेर छुटे

धरानःधार्मिक सद्भावमा खलल पुर्‍याउन खोजेको आरोपमा पक्राउ परेका धर्मगुरु श्रीनिवास रिहा भएका छन् ।
उनीविरुद्ध जिल्ला प्रशासन कार्यालय धनुषामा मुद्दा दर्ता भएकोमा जरिवाना तिरेर रिहा भएका हुन् । जिल्ला प्रशासन कार्यालयले उनलाई सार्वजनिक शान्तिविरुद्धको कसुरमा ५०० रुपैयाँ जरिवाना तिराएर रिहा गरेको प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेले जानकारी दिए ।
असोज १२ गते जनकपुरधाम गौ हिंसा विरुद्धको विरोध सभामा हिंसात्मक खालको अभिव्यक्ति दिएको आरोपमा उनलाई मंगलबार सुनसरी प्रहरीले पक्राउ गरेर बुधबार धनुषा प्रहरीलाई बुझाएको थियो । श्रीनिवासले नेपाललाई हिन्दुराष्ट्र बनाउनुपर्छ भन्दै अभिव्यक्ति दिँदै त्यस्तै गतिबिधि गर्दै आएका छन् । यसअघि आचार्य आफैलाई गोली हानेको आरोपमा पक्राउ परेका थिए । २०७४ चैत २५ गते उनलाई गोली प्रहार भएको थियो । साम्प्रदायिक र धार्मिक द्वन्द्व सिर्जना गरेको आरोपमा प्रहरीले उनलाई प्रहरीले सुनसरीको चक्रघट्टीबाट पक्राउ गरेको थियो ।

प्रकाशित मिति: असोज १८ २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend