Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सुनसरीमा श्रीमानले हाँकेको ट्याक्टर पल्टिँदा श्रीमतीको मृत्यु, तेह्रथुममा रुवा बनाउँदै हिँडेको ट्याक्टरमा च्यापिएर मृत्यु

हाम्रो कोशी आवाज
असोज १९ २०८०, शुक्रबार
सुनसरीमा श्रीमानले हाँकेको ट्याक्टर पल्टिँदा श्रीमतीको मृत्यु, तेह्रथुममा रुवा बनाउँदै हिँडेको ट्याक्टरमा च्यापिएर मृत्यु

धरानः सुनसरीमा ट्याक्टर दुर्घटनामा एकजनाको मृत्यु भएको छ ।
सुनसरीको गढी–५ थलाहास्थित औरावनीबाट सत्यझोरा जाने शाखा नहर कच्ची सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको को१त ४८३५ नम्बरको ट्याक्टर अनियन्त्रित भई सडक साइडमा पल्टिएर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको हो ।
स्थानीय ५० वर्षीय ब्रम्हदेव मण्डलले हाँकेको ट्याक्टरमा सवार उनकी श्रीमती ४० वर्षीया प्रमिलादेवी मण्डल गम्भीर घाइते भई उपचारको लागि उपचारको लागि टिचिङ अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
उता तेह्रथुमको आठराई गाउँपालिका ४ इवामा छातेढुंगाको देउडी बजारबाट इवातर्फ जाने भित्री कच्ची सडक खण्डमा कपडा पेल्दै रुवा बनाएर सिरक डस्ना बनाउँदै हिड्ने मे१त ३०७६ नम्बरको ट्याक्टर सडकबाट अन्दाजी १० मिटर तल खस्दा एकजनाको मृत्यु भएको छ । सो टयाक्टर स्थानीय चन्द्र उप्रेतीको घरको पछाडिको वालमा उत्तानो परी पल्टिएको थियो ।
दुर्घटनामा भएको सवारी दुर्धटनामा चालक सुनसरीको इनरुवा–७ तित्रीवन बस्ने ४० को नवाज सतारको गाडीमा च्यापिएर मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: असोज १९ २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend