Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

एउटै युवतीलाई दुईजनाले मन पराएपछि ‘ग्याङफाइट’, तरबार र अन्य हतियारसहित समातिए

हाम्रो कोशी आवाज
असोज १९ २०८०, शुक्रबार
एउटै युवतीलाई दुईजनाले मन पराएपछि ‘ग्याङफाइट’, तरबार र अन्य हतियारसहित समातिए

विराटनगरः एउटै युवतीलाई दुईजनाले मन पराएको विषयले दुई पक्षबीचको विवादले उग्ररुप लिएको छ ।
केही दिनअघि पनि दुई पक्षबीच विवाद भएको र सो विवादले ‘ग्याङ फाइट’ गर्न भनेर हिँडेका युवाको समूहलाई प्रहरीले पक्राउ गरेपछि सो रहस्य खुलेको हो । विवादले उग्र रुप लिएपछि ग्याङ फाइट गर्न भनेर हिँडेका युवाको समूहलाई प्रहरीले विराटनगर–९ घोघापुल चोकबाट तरबार, बाम्फोक, फलामको नोख, लाट्ठीसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।
मोरङ प्रहरीका प्रवक्ता डिएसपी रन्जनकुमार दाहालका अनुसार युवतीलाई मन पराएको विषयले उग्र रुप लिएको बताउँदै हुन आटेको ग्याङ फाइट रोक्न सफल भएको बताए । ‘युवतीको विषयलाई लिएर यसअघि पनि दुई पक्षबीच विवाद भएको रहेछ । विवाद उत्कर्षमा पुगेपछि दुई पक्षबीच दोहोरो झडप अर्थात् ग्याङ फाइटकै अवस्थामा पुगेको रहेछ, बेलैमा सूचना पाएर उनीहरुलाई पक्राउ गरेपछि घटना साम्य पारियो ।’
पक्राउ पर्ने मोरङ र सुनसरीका रहेका छन् । प्रहरीले कटहरी–४ का १८ वर्षीय शेषकवि अलि, सुनसरी बर्जू गाउँपालिकाको विजय चौधरी, सोही ठाउँका राहुल दास र १९ वर्षीय ललनकुमार मेहतासहित १५ जनालाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दाहालले जानकारी दिए । पक्राउ परेका अन्य १२ जना नावलक रहेकोले प्रहरीले अन्यको नाम गोप्य राखेको छ ।
पक्राउ परेका अलीको समूह विराटनगरको घोगा पुल चोकमा जम्मा भएर दुई वटा सिटीमा ग्याङ फाइट गर्ने उद्देश्यले शान्तिचोक जान भनेर हिँडेका थिए । पक्राउ परेका १५ जनलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको उनले बताए । उनले अर्को समूहको पनि पहिचान गर्ने काम भइरहेको बताए । पक्राउ परेका युवाहरुले एउटै युवतीको विषयमा झगडा हुन खोजेको बयान दिएको जनाइएको छ ।
पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । -शीर्षक सच्याइएको

प्रकाशित मिति: असोज १९ २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend