Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको उद्यमशील सहकारीको १ अर्ब ३९ करोड ११ लाख बढीको कारोबार

हाम्रो कोशी आवाज
असोज २१ २०८०, आइतबार
धरानको उद्यमशील सहकारीको १ अर्ब ३९ करोड ११ लाख बढीको कारोबार

धरानः धरानस्थित उद्यमशील बचत तथा ऋण सहकारी संस्थाले १ अर्ब ३९ करोड ११ लाख बढीको कारोबार गरेको छ ।
११ औं वार्षिक साधारणसभामा संस्थाका उपाध्यक्ष सिंहबहादुर मादेनले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रतिवेदनमा आर्थिक वर्ष २०७९।८० मा खुद बचत ४३ लाख ६४ हजार ३ सय ४१ रुपैयाँ १ पैसा भएको जानकारी दिएकोछ भने सहकारीले आर्थिक वर्ष २०७९ ।८० मा १ अर्ब ३९ करोड ११ लाख ८० हजार ९ सय ३ रुपैयाँ ३४ पैसा कुल कारोबार गरेको देखाइएको छ ।
संस्थाले आर्थिक वर्ष २०७९।८० को अन्त्यमा कर्जाबाट ब्याय आम्दानी ४ करोड ३६ लाख ८८ हजार ७ सय ७९ रुपैयाँ २२ बैंकबाट ब्याज आम्दानी ५७ लाख ८४ हजार ५ सय ६ रुपैयाँ ६३ पैसा, रेमिट्यान्सबाट ८ लाख ६ हजार ७ सय ८१ शेयर लगानीबाट ७ लाख ८२ हजार ४० रुपैयाँ र अन्य आम्दानी ७६ लाख ६४ हजार १ सय ८३ रुपैयाँ ९५ पैसा समेत गरी कुल आम्दानी ५ करोड ८६ लाख ८६ हजार २ सय ९० रुपैयाँ ८० पैसा आर्जन गर्न सफल भएको जनाइएको छ ।
सहकारीको गत बर्षको अन्त सम्ममा कुल शेयर पुँजी ५ करोड २ लाख २४ हजार ४ सय रुपैयाँ रहेकोमा यस वर्ष सो शेयर पुँजी ४.७३ प्रतिशतले वृद्धि भई ५ करोड २६ लाख १ हजार १ सय बनाउन सफल भएको छ भने कुल सेयर सदस्यहरु ४ हजार ४६ बनाउन सफल भएको छ । जहाँ महिला सदस्य २ हजार ८४ जना महिला र १९ सय ६२ जना पुरुष रहेको सहकारी संथाका प्रमुख कार्यकारी अधिकृत जीतबहादुर राउतले जानकारी दिए ।
प्रमुख अधिकृत राउतले थप जानकारी दिँदै सहकारीले गत सालभन्दा यस वर्ष शेयर रकम, बचतमा वृद्धि गर्नुका साथै ऋण लगानीमा ८२.५८ प्रतिशत र ऋण असुलीमा ५८.६ प्रतिशतले वृद्धिका साथै कोष रकममा समेत वृद्धि गर्न सफल भएको जानकारी दिएका थिए ।
कार्यक्रममा ३० जनालाई सम्मान गरेको छ । कार्यक्रममा दिब्य रोशनी साप्ताहिकका प्रधान सम्पादक एवम् प्रकाशक समेत मनिता चाम्लिङ राईलाई कार्यक्रमका प्रमुख अतिथि धरान उपमहानगरपालिकाका उपमेयर अइन्द्रविक्रम बेघाले सम्मानपत्र, नगद १० हजार ५ रुपैयाँसहित सम्मान गरेका थिए । संस्थाले उत्कृष्ट कर्मचारी, असल ऋणी, उत्कृष्ट बचतकर्तालाई पनि सम्मा नगरेको थियो ।
उपमेयर बेघाले केही सहकारीका नकारात्मक क्रियाकलापले अन्य राम्रा सहकारीहरुमाथि पनि ठूलो प्रश्न चिन्ह खडा गरिरहेको बताए । उनले विधि र प्रक्रियामा सहकारी चलाउने हो भने अर्थतन्त्रपनि मजबुत भएर जाने बताए । साधारणसभामा नेपाल पत्रकार महासंघ सुनसरी अध्यक्ष जनकऋषि राई, धरान–१० का वडाध्यक्ष विवेक राई, जिल्ला सहकारी संघ सुनसरीका वरिष्ठ उपाध्यक्ष दिनेशकुमार श्रेष्ठ राष्ट्रिय सहकारी बैंक लिमिटेडका शाखा प्रमुख सम्झना दाहाल, उद्यमशील सहकारीका लेखा संयोजक आरती राई र धरान मासु व्यावसायी संघका अध्यक्ष मदन तामाङलगायतले शुभकामना मन्तब्य राखेका थिए ।
तस्वीरहरु: लक्ष्मण थापा

प्रकाशित मिति: असोज २१ २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend