Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

इटहरीमा मोटरसाइकल जुध्दा एकको मृत्यु, एकजना गम्भीर, दुईजना सामान्य घाइते

हाम्रो कोशी आवाज
असोज २४ २०८०, बुधबार
इटहरीमा मोटरसाइकल जुध्दा एकको मृत्यु, एकजना गम्भीर, दुईजना सामान्य घाइते

सुनसरीः सुनसरीको इटहरीमा मोटरसाइकल एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा धनकुटा महालक्ष्मी नगरपालिका ८ का २६ वर्षीय दीपक मिरिङचिङ मगर रहेको कोशी प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ । दुर्घटनामा एकजना गम्भीर घाइते भएका छन् भने दुईजना सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।
मगरको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मंगलबार राति इटहरी–३ शान्तिचौकस्थित भित्री पक्की सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको को३१प ६९४८ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको को२१प ६४३१ नम्बरको मोटरसाइकल एकआपसमा जुध्न पुगेका थिए ।
दुर्घटनामा को२१प ६४३१ नम्बरको मोटरसाइकलको पछाडि सवार मगरको मृत्यु भएको हो । मोटरसाइकल चालक इटहरी–३ बस्ने ३० वर्षीय सागर तामाङ गम्भीर घाइते भएका छन् । उनको वीपी प्रतिष्ठानमा उपचार भइरहेको छ ।
यस्तै, को ३१ प ६९४८ नम्बरको मोटरसाइकल चालक मोरङको सुन्दरहरैंचा ९ बस्ने १८ वर्षीय साहिम थापा मगर र इटहरी ४ बस्ने २० वर्षीया स्नेहा सुब्बा सामान्य घाइते भएका छन् ।
तीव्र गतिका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: असोज २४ २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend