Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

‘प्रहरी हौं’ भन्दै पिछा गरी लुटपाट मच्चाउने ८ लाख, मोटरसाइकलसहित समातिए

हाम्रो कोशी आवाज
असोज २५ २०८०, बिहिबार
‘प्रहरी हौं’ भन्दै पिछा गरी लुटपाट मच्चाउने ८ लाख, मोटरसाइकलसहित समातिए

विराटनगरः प्रहरीले लुटपाटमा संग्लग्न रहेका दुईजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा विराटनगर–१ का ३८ वर्षीय दीपक तामाङ र विराटनगर–४ का सुनिल थापा रहेका छन् ।
गत असोज २२ गते विराटनगर–१२ का रविकुमार साह सुडीलाई विराटनगर–११ मा रोकेर हामी प्रहरी हौं भन्दै नियन्त्रण लिई लुटपाट गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले घटनामा संलग्न २ जनालाई असोज २४ गते पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका यी दुवैजनाले सुडीलाई घरनजिकैबाट पिछा गरेको र विराटनगरको रोडशेष चोकमा पुगेपछि मोटरसाइकल रोक्न लगाई हामी प्रहरी हौ भनी विराटनगरको हनुमान मन्दिर छेउमा लगी लुटपाट गरेको खुल्न आएको छ । पक्राउ परेका उनीहरुको साथबाट प्रहरीले नगद ८ लाख ६५ हजार, रोयल इन्फिल्ड मोटरसाइकल, चेकबुक, एटिएम बुक समेत बराद गरेको र घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

प्रकाशित मिति: असोज २५ २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend