धरानः धरानका यामाहा मोटरसाइकल र स्कुटरको एक मात्र वितरक विजयपुर ट्रेडर्सले यामाहाको एफजेड एफआई भीथ्री स्ट्यान्डर्ड मोटरसाइकल प्रस्तुत (लन्च) गरेको छ ।
धरान–१२ छाताचोकनजिक सोमबारे हटिया बजार लाग्ने ठाउँमा वडा नम्बर १२ का वडाध्यक्ष टंकबहादुर राईले लन्च गरेका छन् । एमए डब्लु इन्टरप्राइजेजका इन्जिनियर अमित झाले एफआई भीथ्री प्राविधिक पक्ष राम्रो रहेको जानकारी दिए । यो मोटरसाइकल यामाहा प्लेटफर्ममा निर्वाध रूपमा तीनवटा मुख्य विशेषताहरू प्रदर्शन गर्दै जोडिएको उनले जानकारी दिए । ट्राइड, टेस्टेड स्ट्रस्टेड एफआई इन्जन, नवीनतम डबलडिस्क र उन्नत बिएस ६ इन्जिन टेक्नोलोजी रहेको उनले जानकारी दिए ।
३ लाख ७९ हजार ९०० मा यो मोटरसाइकल खरिद गर्न सकिनेछ । एफजेड एफआई भीथ्री स्ट्यान्डर्डले कार्य सम्पादनका मापदण्डहरू मात्र पुनः परिभाषित गर्दैन बरू कुनै पनि सुविधाहरुमा सम्झौता नगरी किफायतीपनलाई आफ्नो शीर्ष प्राथमिकतामा राख्छ । यो विशेष मोटरसाइकल कालो र निलो आकर्षक नयाँ रङहरूमा उपलब्ध रहेको छ ।
एफजेड एफआई भीश्री स्ट्यान्डर्ड यामाहाको उत्कृष्ट रेसिङ सम्पदाबाट प्रेरित आफ्नो आकर्षक स्पोर्टी डिजाइनमा गर्व, एक बलियो १४९ सिसि एयर–कुल्ड फोर स्ट्रोक सिंगल सिलिन्डर ब्लूकोर इन्जिनद्वारा संचालित र सावधानीपूर्वक परिष्कृत यसले असाधारण मध्यम रेन्जको पावर। उल्लेखनीय रूपमा मुलायम प्रवेग उत्पन्न गराउने, यो इन्धन इन्जेक्टेड इन्जिन शक्तिशाली मात्र नभई अति प्रभावकारी, जसले औसत ४५–५० किमी प्रति लिटरको माइलेज प्रदान गर्ने जानकारी इन्जिनियर झाले दिए ।
यस्तै, उनका अनुसार ट्याकोमिटर, ओडोमिटर, सिंगलट्रिपमिटर, फ्युलइन्डिकेटर, स्पीडोमिटर र इको ल्याम्प सहितको सूचनात्मक डिजिटल मिटर सहित राइडर– केन्द्रित टेक्नोलोजीहरूले सुसज्जित यो मोटरसाइकलले सूचित र आकर्षक सवारी अनुभवको सुनिश्चितता प्रदान गर्दछ । यसका सस्पेन्सन ड्युटीहरु अगाडि ४१ एमएम टेलिस्कोपिक सस्पेन्सन र पछाडि ७–स्टेप एडजस्टेबल मोनोक्स सस्पेन्सन सेटअपद्वारा कुशलता पूर्वक व्यवस्थित गरिएको छ जसले आरामदायीर नियन्त्रित सवारीको ग्यारेन्टी दिन्छ । सुरक्षा सर्वोपरि छ. यसर्थ एफजेड एफआई भीथ्री स्ट्यान्डर्डमा डुअल डिस्क ब्रेकिङ प्रणाली रहेको छ जसले उत्कृष्ट ब्रेकिङ क्षमताहरू प्रदान गर्दछ र राइडर नियन्त्रण बढाउँदै विभिन्न सवारी परिदृश्यहरूमा सुरक्षाको दायरा बढाउने जानकारी पनि झाले दिएका छन् ।
अध्यक्ष एवं विजयपुर ट्रेडर्सका सञ्चालक प्रभाव खतीवाडले यसको सुरुवातको बारेमा आफ्नो उत्साह व्यक्त गर्दै यामाहा एफजेड एफआई भीश्री स्ट्यान्डर्डले यामाहाको स्पोर्टिनेस, स्टाइलिस र एक्साइटमेन्टका विशेषताले सुसज्जित मोटरसाइकलहरू किफायती मूल्यमा ग्राहकसामु ल्याइएको बताए ।
मोटरसाइकल लन्च कार्यक्रममा विशेष अतिथिको रुपमा पत्रकार महासंघ सुनसरीका सह–सचिव भोला श्रेष्ठले शुभकामना मन्तब्य समेत राखेका थिए । औपचारिक कार्यक्रम सञ्चालन विजयपुर ट्रेडर्सका प्रवन्धक मेनेजर मोहन (चुडामणि) गिरीले गरेका थिए । सो स्थानमा १ हप्ताभरि प्रदर्शन रहने उनले जानकारी दिए ।


