Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरान-५ को विलिभर्स स्कुलले अभिभावकलाई अचार बनाउने सीप सिकायो

हाम्रो कोशी आवाज
असोज २७ २०८०, शनिबार
धरान-५ को विलिभर्स स्कुलले अभिभावकलाई अचार बनाउने सीप सिकायो

धरानः धरान–५ स्थित डीपी विलिभर्स स्कुलका आभिभावकहरुको लागि एकदिने खाद्य स्वच्छता तथा अचार बनाउने तालिम सम्पन्न भएको छ ।
स्कुलका प्राचार्य सन्जीव वान्तवा राईको अध्यक्षतामा सम्पन्न तालिममा अभिभावकहरुको बाक्लो उपस्थिति थियो । तालिममा २२ जना अभिभावकहरु सहभागी थिए । अभिभावकहरुको निम्ति अतिरिक्त सीपमूलक प्रशिक्षण साथै तालिम पछि स्वरोजगारको लागि प्रोत्साहन गर्ने उद्देश्यले तालिम आयोजना गरिएको प्राचार्य राईले जानकारी दिए ।
खाद्य निरीक्षक बादल चेम्जोङ र खाद्य विश्लेषक बिमला तामाङले तालिमको सहजीकरण गरेकी थिइन् । तालिममा सहभागी आभिभावकहरुलाई दुवै प्रशिक्षकहरुले छुट्टाछुटै सत्र गरी खाद्य स्वच्छता, खाद्य ऐन, नियमावली, उद्योग दर्ताको प्रारम्भिक प्रक्रिया तथा अचार सम्बन्धमा दुवै सैद्धान्तिक र व्यावहारिक ज्ञान प्रदान गरिएको थियो । सहभागी अभिभावकहरुले दुवै साकाहारी र मांसाहारी अचार बनाएका थिए ।
तालिमको समापनमा अभिभावक श्रीस्ती लिम्बू र पुष्पकला लिङ्देनले आ–आफ्नो अनुभव बाँडेका थिए । स्कुलका सह प्राचार्य कुर्मित बान्तवा (लेप्चा)ले सहभागी अभिभावकहरुलाई बधाई तथा धन्यवाद ज्ञापन गरेकी थिइन् ।

प्रकाशित मिति: असोज २७ २०८०, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend