Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

मादक पदार्थ सेवन गरेर श्रीमानले कुट्दा श्रीमतीको मृत्यु

हाम्रो कोशी आवाज
असोज २७ २०८०, शनिबार
मादक पदार्थ सेवन गरेर श्रीमानले कुट्दा श्रीमतीको मृत्यु

धरानः झापाको दमक नगरपालिका–१ स्थितमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ ।
इलाम फाकफोकथुम घर भई दमक–१ मा डेरा गरी बस्दै आएका २२ वर्षीय दिनेश सुनुवारले मादक पदार्थ सेवन गरी आफ्नै श्रीमती २१ वर्षीया सुनिता सुनुवारलाई कुटपिट गर्दा घाइते भएकी सुनिताको दमक अस्पताल दमकमा सामान्य उपचार पश्चात थप उपचारको लागि नोवेल अस्पताल विराटनगरमा ल्याइएको र उनको उपचारको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनामा संलग्न रहेका सुनुवारलाई इलाका प्रहरी कार्यालय दमकले पक्राउ गरी घटना सम्वन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: असोज २७ २०८०, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend