Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरान–लेउती सुरुङमार्गको सम्भाव्यता प्रारम्भिक अध्ययन सकियो

हाम्रो कोशी आवाज
असोज २८ २०८०, आइतबार
धरान–लेउती सुरुङमार्गको सम्भाव्यता प्रारम्भिक अध्ययन सकियो

धरान: सरकारले घोषणा गरेको सुरुङमार्गमध्ये चार वटा सुरुङमार्गको प्रारम्भिक सम्भाव्यता अध्ययन सम्पन्न भएको छ ।
गुणस्तर अनुसन्धान तथा विकास केन्द्रले घोषणा गरेकोमध्ये सुरुङमार्गमध्ये अहिले चारवटा सुरुङमार्गको प्रारम्भिक सम्भाव्यता अध्ययन सम्पन्न भइसकेको जनाएको हो ।
केन्द्रले सुनसरीको धरान-लेउती सुरुङमार्ग, खुटिया-बीपी नगर-दिपायल सुरुङमार्ग, गोदावरीकुण्ड-काभ्रे मानेचौर सुरुङमार्ग र बाग्लुङ- नरेठाटी सुरुङमार्गको प्रारम्भिक सम्भाव्यता सम्पन्न गरेको केन्द्रले जनाएको छ ।
केन्द्रका सिनियर डिभिजनल इन्जिनियर (सिडीई) दीप बाराहीले चारवटाको सम्भाव्यता अध्ययन सम्पन्न भएको बताए । उनकाअनुसार गत वर्ष दुई वटा सुरुङमार्ग, आर्थिक २०७८/७९ मा एउटा र चालु आर्थिक वर्षमा एउटा गरी चार वटा सुरुङमार्गको सम्भाव्यता अध्ययन सम्पन्न गरेको हो । उक्त प्रारम्भिक अध्ययनमा आयोजना निर्माणको लागि ५३ अर्ब रुपैयाँ खर्च हुने अनुमान गरेको छ ।
‘अहिले प्रारम्भिक अध्ययनबाट चार वटा सुरुङमार्ग निर्माणका लागि ५३ अर्ब २५ करोड ७६ लाख रुपैयाँ खर्च हुने देखिएको छ,’ उनले भने, ‘उक्त अध्ययनले आयोजनाको ठ्याक्कै लागत यही हो भन्ने चाहिँ हुन्न । आगामी दिनमा प्रक्रिया अगाडि बढेमा डीपीआर र इआईएबाट आयोजनाको लागत यकिन हुनेछ ।’
उनले अहिले गरेको प्रारम्भिक अध्ययनले सुरुङमार्गको पहिलो चरणको प्रक्रिया पुरा गरेको बताए । केन्द्रले अध्ययन गरेको धरान-लेउती सुरुङमार्गका जोगबनी-किमाथांका सडकको दूरी र समयलाई छोट्याउने उद्देश्यले धरानदेखि लेउती खोलासम्मको सुरुङमार्ग बनाउने योजना बनाएको छ ।
सम्भाव्यता अध्ययनले सुरुङमार्गको लम्बाई ३.८७ किलोमिटर मिटर कायम हुने देखाएको छ । सरकारले सडकको दुरी कम गर्ने उद्देश्यसहित निर्माणका लागि गरेको अध्ययनबाट आयोजनाको निर्माण लागत ११ अर्ब ३८ करोड ६८ लाख रुपैयाँ लाग्ने अनुमान गरेको छ । यदि उक्त सुरुङमार्ग निर्माण भएमा सवा घण्टाभन्दा बढी लाग्ने समय छोट्टिएर अधिकतम १० मिनेटमा सिमित हुनेछ । उक्त सुरुङमार्गको सम्भाव्यता अध्ययन २०७८/७९ मा सम्पन्न भएको थियो । आयोजनाको सम्भाव्यता अध्ययन सम्पन्न भएपनि हालसम्म अन्य कार्य भने नबढेको बाराहीले बताए ।

प्रकाशित मिति: असोज २८ २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend