Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा करोड बढीको लगानीमा झोलुङ्गे पुल निर्माण, ३ करोड लगानीमा चार जनाले खोले रिसोर्ट (३५ तस्वीर र भिडियोसहित)

हाम्रो कोशी आवाज
कार्तिक ३ २०८०, शुक्रबार
धरानमा करोड बढीको लगानीमा झोलुङ्गे पुल निर्माण, ३ करोड लगानीमा चार जनाले खोले रिसोर्ट (३५ तस्वीर र भिडियोसहित)

धरानः धरान-५ मा निर्माण सम्पन्न भएको झोलुङ्गे पुलको उद्घाटन भएपछि स्थानीय खुशी भएका छन् ।
यसअघि छोराछोरी स्कुल जान पनि एक फन्को मार्नेपर्ने बाध्यता रहेको र पुल बनेपछि राहत मिलेको स्थानीय आशबहादुर राईले बताए । अँधेरी खोलामा भनौं सुनसरी जिल्लाकै सबैभन्दा लामो झोलुङ्गे पुलको निर्माण सम्पन्न भएसँगै उद्घाटन भएको छ ।
२३३ मिटर लामो सो पुलको संघीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राई र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले रिबन काटेर उद्घाटन गरेका छन् । प्रदेश सरकारको शहरी विकास मन्त्रालय, स्थानीय पूर्वाधार विभागले १ करोड ९ लाख ४२ हजार रुपैयाँको लागतमा सो पुलको निर्माण गरिएको वडाध्यक्ष मनप्रसाद लिम्बूले जानकारी दिए ।
झोलुङ्गे पुलले ठिङ्गबारी र आँपटारबासीलाई जोड्छ । कार्यक्रममा बोल्दै मन्त्री राईले पुलले स्थानीयलाई थप सहजता प्रदान गर्ने बताए ।
यस्तै, युवाहरु मिलेर करोडौं लगानी खर्चेर भविष्यमा फनपार्कको अवधारणामा अघि बढाइएको ‘टिकटक’ रिसोर्ट’ को पनि उद्घाटन गरिएको छ । करिब ३ करोड बढीमा सो रिसोर्ट सञ्चालनमा ल्याइएको सञ्चालकमध्येका यम लिम्बूले जानकारी दिए । ‘साढे ११ कट्ठा जमीन खरिदसहित हालसम्म ३ करोड बढी लगानी गरिसकेका छौं’, उनले भने, ‘यसलाई अझै बढाएर फन टाइपका सामग्री थपेर फन पार्कको अवधारणामा अघि बढेका छौं ।’ रिसोर्टमा हाल आफूसहित यम हुक्सा चोङवाङ, शोमा राई र मैना राईको पनि लगानी रहेको उनले जानकारी दिए । रिसोर्टमा हाल रोटेपिङलगायतको मनोरञ्जन लिन सकिनेछ ।
कार्यक्रममा कोशी प्रदेशका पूर्व सभामुख प्रदीपकुमार भण्डारी, कोशी प्रदेशका सांसद् रमेश बस्नेतलगायतको समेत उपस्थिति थियो ।
तस्वीरहरुः शेखरनाथ जोगी

प्रकाशित मिति: कार्तिक ३ २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend