Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा दशैं मनाउन पुख्यौली तथा जन्मथलो फर्किनेको लर्को (१३ तस्वीर र भिडियोसहित)

हाम्रो कोशी आवाज
कार्तिक ४ २०८०, शनिबार
धरानमा दशैं मनाउन पुख्यौली तथा जन्मथलो फर्किनेको लर्को (१३ तस्वीर र भिडियोसहित)

धरानः धरानमा दशैं मनाउन जन्मघर फिर्नेको लर्को देखिएको छ । गृहक्षेत्र तथा पुख्र्यौली घर फिर्नेको लर्को लागेको हो । बिहान ३ बजेदेखि नै भानुचोकस्थित बसपार्कमा पहाडी जिल्ला (धनकुटा, तेह्रथुम, संखुवासभा, भोजपुर, खोटाङ, ओखलढुङ्गा, ताप्लेजुङ, पाँचथर, इलामलगायत) मा दशैं मनाउन हिँडेकाहरुको लर्को देखिएको छ ।
पूर्व–पश्चिमदेखि धरान आउने र पहाडी क्षेत्रमा जाने गर्दछन् । धरानबाट पनि जन्मथलोमा बाहिरिनेको संख्या बढेको छ । विशेषतः दशैं लागेदेखि नै भीडभाड शुरु भएपनि फूलपातीको अघिल्लो दिन, फूलपाती साथै नवमीसम्म नै धरानमा भीडभाड हुने गरेको यातायात व्यवसायी बताउँछन् । फूलपातीको अघिल्लो दिन त भानुचोकमा खुट्टा हालिनसक्नु रहेको यातायात व्यवसायी तथा भानुचोकस्थित पहाडी क्षेत्रको काउन्टरमा रहेका किरण थापाले जानकारी दिए । यसपटक भीडभाड भएपनि यात्रुले सहजरुपमा यात्रा गर्न पाइरहेको उनले बताए । ‘यसपटक दशैं लागेदेखि नै थोरै थोरै गर्दै यात्रु आए’, उनले भने, ‘पहिलाको जस्तो एकैदिन भीड नभएकोले पनि यसपटक यात्रुले सहजरुपमा यात्रा गर्न पाए ।’ काठमाडौं, पोखरा, पूर्वका विभिन्न सहरमा कार्यरत शिक्षक, कर्मचारी, विद्यार्थी, विदेशबाट घर फिर्नेले चाप बढेको पहाडी उनले बताए ।
दशैं गाउँमै रमाइलो हुने हुनाले घर फर्किएको इटहरी बस्ने रिया थापा अधिकारीले बताइन् । उनले यसपटक सहजरुपमा यात्रा गर्न पाएको बताइन् । यात्रुहरुले गाडीभाडा महङ्गो भएको बताएपछि जिल्ला ट्राफिक प्रहरी कार्यालयले कारवाही समेत गरिएको जनाएको छ । भानुचोकमै यसपटक यात्रु सहायता कक्ष पनि स्थापना गरिएको छ । यसले पनि यात्रुले गुनासो पोख्न सहज भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
तस्वीरहरुः हाम्रो कोशी आवाज

प्रकाशित मिति: कार्तिक ४ २०८०, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend