Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको बीपी प्रतिष्ठानमा उपचार सेवा सुचारु, डाक्टरहरु काममा फर्किए

हाम्रो कोशी आवाज
कार्तिक २० २०८०, सोमबार
धरानको बीपी प्रतिष्ठानमा उपचार सेवा सुचारु, डाक्टरहरु काममा फर्किए

धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकहरुले आन्दोलन फिर्ता लिँदै काममा फर्किएका छन् ।
तीन बुँदे सहमति भएसँगै प्रतिष्ठानका चिकित्सकहरूले आन्दोलन फिर्ता लिएका छन् । आन्दोलनरत चिकित्सकहरू सोमबारबाट काममा फर्कने समेत सहमत भएसँगै उपचार सेवा पनि सोमबारबाटै सुचारु भएको शिक्षक कल्याण समाजका अध्यक्ष डा. सेराज अहमद खानले जानकारी दिए ।
यसैबीच वृत्ति विकासको माग राख्दै आन्दोलनरत शिक्षकसँग प्रतिष्ठान पदाधिकारीको वार्तामा तीन बुँदे सहमति भएको छ । पदाधिकारी र चिकित्सकबीच भएको वार्तामा ०७२ पुस २० र ०७२ माघ २४ गते करार सेवाका लागि प्रकाशित विज्ञापन बमोजिम आवश्यक प्रक्रिया पुरयाई टुङग्याउने सहमति भएको छ ।
यस्तै अन्तर्वार्ता हुन बाँकी रहेका शिक्षक पदको अन्तर्वार्ता आगामी ०८० पुस ०२ गतेदेखि सुरु गरी पुस १५ गते सम्ममा सम्पन्न गर्ने सहमति भएको छ । वार्तामा दुवै विज्ञापनको एक महिनाभित्र सञ्चालक परिषद्को बैठक बसी नतिजा प्रकाशन गर्ने सहमति भएको छ ।
सहमति पत्रमा प्रतिष्ठान व्यवस्थापनले शिक्षक समाज, समाजको सदस्य र कुनै शिक्षकप्रति पूर्वाग्रह नराख्ने र आन्दोलनरत सम्पूर्ण पक्षले आन्दोलनका सम्पूर्ण कार्यक्रमहरू आजैका मितिदेखि स्थगन गरी आ–आफ्नो कार्यमा सहभागी हुने उल्लेख छ ।
सहमति पत्रमा शिक्षक कल्याण समाजका तर्फबाट १२ शिक्षक चिकित्सक, प्रतिष्ठानका तर्फबाट उपकुलपति प्राडा प्रहलाद कार्की, शिक्षाध्यक्ष सञ्जीव शर्मा, रजिस्ट्रार सूर्यप्रसाद सङ्ग्रौला, अस्पताल निर्देशक जगतनारायण प्रसाद, प्रतिष्ठानका कार्यकारिणी सदस्य ज्ञानेन्द्रबहादुर मल्ल र प्राडा स्मृति कार्कीले हस्ताक्षर गरेका छन् ।
प्रतिष्ठानमा विगत ७ वर्षदेखि शिक्षकको पदोन्नति हुन सकेको छैन भने कर्मचारी १५ वर्षदेखि पदोन्नति हुन सकेको छैन । वृत्ति विकास नभएको भन्दै दुई महिना अघि त्यहाँ कार्यरत १७७ जना चिकित्सकहरूले सामूहिक राजीनामा दिएका थिए ।

प्रकाशित मिति: कार्तिक २० २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend