Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

‘उल्टो घर’ ले धमाधम पर्यटक तान्दै

हाम्रो कोशी आवाज
मंसिर ५ २०८०, मंगलबार
‘उल्टो घर’ ले धमाधम पर्यटक तान्दै

मोरङ: आफ्नो क्षेत्रमा पर्यटक आकर्षित गर्न विभिन्न स्थानमा अनौठो जुक्ति अपनाइने गरेको छ ।
कतै ठाउँको नामअनुसारका स्तम्भ बनाएर अनि कतै दुर्लभ वन्यजन्तुको मूर्ति बनाएर पर्यटकलाई आकर्षित गर्ने गरिएको छ । मोरङको मिक्लाजुङमा अर्को अनौठो जुक्ति अपनाइएको छ ।
मिक्लाजुङ–३ टाँडीस्थित निसेलुङ पार्कमा पर्यटक आकर्षित गर्न उल्टो घर बनाइएको छ । घरको भित्री र बाहिरी संरचना सबै उल्टो अवस्थामा छन् ।
स्थानीय निसेलुङ पर्यटन प्रवर्द्धन समितिले ५२ लाख रुपैयाँ लागतमा उल्टो घर बनाएको हो । घरका सबै संरचना उल्टो बनाइएको छ ।
परैबाट हेर्दा अरु सामान्य घरभन्दा ठिक उल्टो पाराको संरचना रहेको घरले दैनिक सयौँ पर्यटक आकर्षित गरिरहेको छ । घरको छानो भुइँमा, जगको भाग आकासतिर देखिन्छ ।
घरभित्र प्रवेश गर्दा पनि शयन कक्ष, शौचालय, भान्सा कोठा सबै उल्टो देखिन्छ । टेबल, दराज, कुर्सीहरू सबै उल्टो छन् ।
निसेलुङ पर्यटन प्रवर्द्धन समितिका अध्यक्ष खगेन्द्र मादेनका अनुसार यस्तो उल्टो आकर्षक भवन बनाउनका लागि भारतको जलपाइगुडीबाट इन्जिनियर र मिस्त्री ल्याइएको थियो ।
विदेशमा यस्तो संरचना बनाएर पर्यटक तान्न अभ्यास रहे पनि नेपालमा नभएकाले यो नौलो विधि आफूहरूले अपनाएको मादेनले बताए ।
उक्त घर अवलोकन गर्न एकजनाका लागि सय रुपैयाँ प्रवेश शुल्क लिने गरिएको छ । त्यस क्षेत्रमा भ्युटावर, बालबालिकाका लागि पार्क, पिङ, फाउण्डेसन र मिसिलुङ मन्दिर पनि बनाइएको छ ।

प्रकाशित मिति: मंसिर ५ २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend