Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरान र अन्य स्थानबाट पहिचानवादी समूहका ९ जना समातिए

हाम्रो कोशी आवाज
मंसिर ३० २०८०, शनिबार
धरान र अन्य स्थानबाट पहिचानवादी समूहका ९ जना समातिए

विराटनगरः कोशी प्रदेशअन्तर्गत सुनसरीको धरान र झापाबाट ९ जना बन्दकर्ताहरु पक्राउ परेका छन् ।
यातायात बन्द गर्दै हिँड्ने पहिचानवादी समूहका ९ जना बन्दकर्ताहरुलाई प्रहरीले पक्राउ गरेको हो । धरानमा बन्द गराउँदै हिँड्ने राष्ट्रिय जनमुक्ति पार्टीका सुनसरी सचिव संघर्ष समिति सचिवालय सदस्य शिवहाङ राई, जसपा धरान–१५ का अध्यक्ष हरि राई, जसपा युवासंघ सुनसरी अध्यक्ष करूण राई, जसपा धरान सह–सचिव सुमन चेम्जोङ लिम्बू र किरात राई यायोख्खा सुनसरी सह–सचिव शम्भु राई धरानबाट पक्राउ परेका हुन् ।
यसैगरी झापाको कमल गाउँपालिका–३ केर्खामा यातायात बन्द गर्न खोज्ने संघीय लोकतान्त्रिक मञ्च नेपालमा आबद्ध इलाम चुलाचुलीका ध्रुव लावती, शिवसताक्षी नगरपालिका–७ का लिम्बुवान कार्यकर्ता उदयसिगु लिम्बू, नेपाल तामाङ घेदुङ संघ प्रदेश सदस्य जसकुमार तामाङ र संघीय लिम्बुवान चुलाचुली अध्यक्ष नरेन्द्र लिम्बू झापाबाट पक्राउ परेका हुन् ।

प्रकाशित मिति: मंसिर ३० २०८०, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend