Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा एचआइभी सङ्क्रमित बालबालिकाको जीवन जोखिममा

हाम्रो कोशी आवाज
मंसिर ३० २०८०, शनिबार
धरानमा एचआइभी सङ्क्रमित बालबालिकाको जीवन जोखिममा

-निशा राई
धरानः राज्यले नागरिकहरुलाई संविधानले प्रत्याभूति गराएको अधिकारहरु गाँस, बास, कपास, स्वाथ्य उपचार, शिक्षा, रोजगार जस्ता मौलिक हकहरु भएतापनि एचआइभी संक्रमितहरुको संरक्षणमा बजेटको अभाव भएको छ ।
धरानमा बसेको एचआइभी एड्स राष्ट्रिय महासंघको कोशी प्रदेश समन्वय बैठकमा एचआइभी संक्रमित भएकै कारण मौलिक हकबाट पनि बञ्चित भई अकालमा मृत्युवरण गर्नुपरेको एचआइभी एड्स राष्ट्रिय महासङ्घका अध्यक्ष खगेन्द्र खड्काले बताए । नेपालमा रहेका २६ हजार बढी एचआइभी सङ्क्रमितहरू रहेको र तीमध्ये २४ हजार, २ सय ३७ जनाले जीवनरक्षाको औषधी एआरभी पाइरहेको उनले बताए ।
हालसम्म एचआइभी सङ्क्रमितहरूको लागि धेरै मात्रामा दातृ संस्थाहरूले कार्यक्रम सञ्चालन गर्दै आएको उनको भनाइ छ । दातृ संस्थाहरूले कार्यक्रम सञ्चालनको जिम्मा सन २०३० देसख सरकारलाई दिने भएकाले नेपाल सरकारले हालसम्म एचआइभी सङ्क्रमितहरूको लागि केही ऐन कानुन नबनाएकोले बेलैमा सरकारले बेग्लै ऐन नियम कानुन लागू गर्नुपर्ने उनले बताए । महासङ्घले हाल सम्म मुलुकका ५३ जिल्लाका ५७ वटा ठाउँहरूमा सङ्क्रमित लक्षित परियोजना सञ्चालन गर्दै आएको बताए ।
बैठकमा महासङ्घका राष्ट्रिय कार्यक्रम संयोजक शिवु गिरीले सङ्क्रमित बालबालिकाको जीवन जोखिममा रहेको बताए । उनका अनुसार नेपालमा एचआइभी सङ्क्रमित बालबालिकाको संख्या २ सय ८४ पुगेको छ । उनीहरु एचआइभी सङ्क्रमित छ भन्न पनि कतिपय अवस्थामा गाह्रो रहेको गिरील बताउनुभयो ।
बालबालिकालाई हेर्ने बाल संरक्षणको अभाव त्यसमा पनि विभिन्न संस्थाहरु बाल संरक्षण संस्थाहरु भए पनि लिन नमान्ने यसले गर्दा उनीहरुको भविष्य नै अन्योल रहेकाले धेरै जसो बालबालिकाहरु आत्महत्याको बाटो रोज्न खोज्ने गरेको बताए । बालबालिकालाई शिक्षा, स्वास्थ्य, औषधि, मनोविश्लेषण र रोजगारी दिने वातावरण नै राज्यबाट नरहेको बताए ।
पहिला भन्दा एचआभी संक्रमितहरुलाई केही सहज भएपनि अझै पनि काम गर्ने ठाउँमा होस वा विद्यालयमा पढ्दै गरेका बालबालिकाहरु होस एचआइभी सङ्क्रमित भएको थाहा भएपछि कामबाट विभिन्न बहानामा स्कुलबाट निकालिदिने गरिएको राष्ट्रिय एचआईभी तथा एड्स महासंघ कोशी प्रदेशका सुपरभाइजर रोमनकुमार राईले बताए ।
उनका अनुसार भेदभावका कारण संक्रमित मानिसहरु तथा बालबालिका पर्ने मानसिक प्रभावले उनीहरू पुनः समाजमा घुलमिल हुन नसकेको र समयमा औषधी उपचार गर्ने खर्चको अभावमा अकालमा धेरैको मृत्यु हुने गरेको छ ।
प्रदेश १ मा सामान्य चेकजाँचबाहेक उदयपुर अस्पताल, भद्रपुर अस्पलातमा समेत केही नहुने गरेकोले संक्रमितहरु बिरामी हुँदा उपचारको लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा लानुपर्ने हुन्छ जसले गर्दा उपचारको अभावमा कतिपयले अकालमै मृत्यु हुने गरेको राईले बताए ।
बीपी अस्पतालमा सबै उपचारको सेवाहरु भएतापनि कोशी अञ्चल अस्पतालमा भने पिएमटिसिटी सेवाबाहेक सर्जरी, इन्डोसकपी, कोनसकपी, डायालासिस केहीपनि नभएकाले सम्पूर्ण उपचारका लागि कोशी प्रदेश र मधेश प्रदेशबाट उपचारको लागि बीपी अस्पताल धरान ल्याउनुपर्ने अवस्था रहेको उनले जानकारी दिए । जसले गर्दा उपचारको लागि आउँदा आउँदै कतिपय बिरामीको मृत्यु हुने राईले बताए ।
हालसम्म कोशी प्रदेशमा अनुमानित एचआइभी संक्रमितहरुको संख्या ३५ सय रहेको भएपनि पत्ता लागेको संक्रमतिहरु ३ हजार रहेको राईले जानकारी दिए । जसमा एआरटी सेवन गरिरहेनेको संख्या २ हजार ४ सय ३५ जना रहको छ भने सुनसरीमा अनुमानित एचआइभी संक्रमितहरुको संख्या २१ सय भए पनि पत्ता लागेको संक्रमतिहरु १७ सय ५९ जना, एआरट्री सेवन गरिरहेको संख्या ८ सय ९८ जना रहेको छ ।
धरानमा अनुमानित एचआइभी संक्रमितहरुको संख्या १५ सय रहेको भए पनि पत्ता लागेको संक्रमतिहरु १४ सय ८४ जना रहेको र एआरट्री सेवन गरिरहेको संख्या ६ सय ७० जना र इनरुवामा अनुमानित एचआइभी संक्रमितहरुको संख्या ३ सय रहेको भए पनि पत्ता लागेको संक्रमित संख्याहरुको तथ्याङ्क २ सय ७५ जना र एआरट्री सेवन गरिरहेको संख्या २ सय २८ जना राईले जानकारी दिए ।
बैठकमा प्रदेश नं १ मा अवस्थित संक्रमितहरुको संस्थाको प्रतिनिधिहरु, पत्रकार महासङ्घ सुनसरीका अध्याक्ष जनकऋषि राई, अग्रज पत्रकारद्वय हर्ष सुब्बा, पत्रकार तथा राजनीतिककर्मी भीमज्वाला राई र पत्रकार विकास चाम्लिङ राईको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: मंसिर ३० २०८०, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend