Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

एमालेको संकल्पयात्राः पाँचथरमा

हाम्रो कोशी आवाज
मंसिर ३० २०८०, शनिबार
एमालेको संकल्पयात्राः पाँचथरमा

प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले सुरु गरेको झुलाघाट–चिवाभञ्ज्याङ ‘समृद्धिका लागि सङ्कल्प यात्रा अन्तर्गतको अन्तिम आमसभा पाँचथरको फिदिममा सुरु भएको छ । आमसभामाअघि एमाले अध्यक्ष केपी शर्मा ओली सहितका नेता तथा कार्यकर्ताहरूको र्‍यालीले फिदिम बजार परिक्रमा गरेको थियो ।
सदरमुकाम फिदिममा आयोजित कार्यक्रमलाई शनिवार दिउँसो अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली सम्बोधन गरेका छन् । आफ्नो गृह जिल्ला तेह्रथुमका बासिन्दासँग प्रत्यक्ष भेटघाट गरी उनी फिदिम आइपुगेका हुन् । बिहान फिदिम पुगेका अध्यक्ष ओलीले पुष्पलाल स्मृति परिषद्को कार्यालय उद्घाटन गरेका थिए । कार्यालय उद्घाटन पछि विभिन्न जातीय भाँकीसहितको ¥यालीमा सहभागी हुँदै ओलीले नगर परिक्रमा गरेका थिए ।
जनसभामा विभिन्न साँस्कृतिक कार्यक्रम समेत भइरहेको छ । सभामा सहभागी हुन गाउँ–गाउँबाट झाँकीसहित सहभागी उपस्थित भएका छन् । र्‍यालीमा सहभागीहरूले जातीय पहिरन र पोसाक लगाएका छन् । लिम्बू समुदायको सघन बसोबास रहेको पाँचथर फिदिमको कार्यक्रममा सहभागी हुन ताप्लेजुङसहित इलाम झापालगायतका जिल्लाबाट समेत नेता–कार्यकर्ता सहभागी भए । ‘समृद्धिका लागि संकल्प यात्रा’ को अन्तिम बृहत् आमसभामा बोल्दै अध्यक्ष ओलीले एमालेको एकल बहुमतले मात्रै राष्ट्रिय स्वाभिमान र विकासको समृद्धि आउने बताएका हुन् ।
एमाले सधैं राष्ट्रियताको रक्षाको पक्षमा रहेको बताउँदै उनले जनताको मनोबल माथि उठाउन र विश्वास बढाउन समृद्धिका लागि संकल्प यात्रा सुरु गरेको बताए । ओलीले भने, ‘देश बनाउने संकल्प बोकेको एमालेले मात्रै समृद्ध नेपाल सुखी नेपालीको सपना साकार पार्न सक्छ । त्यसका लागि सबैले हामीलाई सहयोग गर्न आवश्यक छ ।’
उनले एमाले सरकारबाट हटेपछि देशमा अस्थिरता, अराजकता, र अशान्ति बढेर गएको बताए । उनले भने, ‘देश विकास हुन सकेको छैन । देश कङ्गालीतर्फ धकेलिँदैछ । सरकारको बेइमानी चिर्न तपाईंहरूले एमालेलाई विश्वास गर्न जरुरी छ ।’

प्रकाशित मिति: मंसिर ३० २०८०, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend