Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

नयाँ पार्टी खोल्ने हर्क साम्पाङको संकेत

हाम्रो कोशी आवाज
मंसिर ३० २०८०, शनिबार
नयाँ पार्टी खोल्ने हर्क साम्पाङको संकेत

धरान: धरान उपमहानरपालिकाका मेयर हर्क साम्पाङले नयाँ राजनीतिक दल गठन गर्ने संकेत गरेका छन् ।
काठमाडौंका मेयर बालेन्द्र शाह (बालेन)सँग भेट गरेपछि उनले मिलेर नयाँ राजनीतिक दल गठन गर्ने संकेत गरेका हुन् । उनीहरू स्वतन्त्र उम्मेदवारीबाट निर्वाचित भएका थिए ।
मेयर शाहसँग भेट गरेपछि साम्पाङले दिएका अभिव्यक्तिहरूले नयाँ पार्टी खोल्ने संकेत गरेका हुन् । उनीहरूबीच बिहीबार बिहान काठमाडौंमा एक घण्टा छलफल भएको थियो ।
भेटपछि साम्पाङले फेसबुकमा तस्बिर राख्दै भने, ‘जित हुन्छ क्रान्तिको शंकै नमान, हामी झन् विशाल बन्छौँ धन्दै नमान ।’
यसपछि साम्पाङले ‘हतार नगर्नू नयाँ शक्ति निर्माण हुनेछ’ भन्दै नयाँ पार्टी गठन गर्ने संकेत गरेका छन् ।
शुक्रबार उनले सोधेका छन्, ‘यदि, हाम्ले राजनीतिक दल खोलेर अघि बढ्न चाह्यौँ भने को कस्ले साथ दिनु हुन्छ ? यो देशका बेकामे कानून बदल्न र देश द्रोह, भ्रष्टाचार रोक्न र बेथिति हटाउन साथ दिने हो ? भ्रष्टाचारी र बेकामेहरूलाई मेरा श्रम गर्ने पौरखी हात जोडेर नमस्कार नगर्ने निर्णय गर्दै छु, म अब १ मेरो साथमा को को हुनुहुन्छ ?’
साथै, मेयर साम्पाङले नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई लक्षित गर्दै स्वतन्त्र उम्मेदवारीको जितसँगै खोलिएको पार्टीमा कुनै भिजन नभएको स्पष्ट पारेका छन् । ‘भिजन न सिजन मेरो नामको डंका बजाएर खोलिएको पार्टीका कार्जेकर्ताहरूले के साह्रो गुनासो गरेको हौ ?,’ उनले भने ।

प्रकाशित मिति: मंसिर ३० २०८०, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend