Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धराने जनताको निःशुल्क स्वास्थ्य परीक्षण गर्दै हिँड्दैछन् डाक्टर

हाम्रो कोशी आवाज
माघ १४ २०८०, आइतबार
धराने जनताको निःशुल्क स्वास्थ्य परीक्षण गर्दै हिँड्दैछन् डाक्टर

धरानः परिवर्तनका लागि सामाजिक अभियानले आयोजना गरेको सामाजिक स्वास्थ्य क्लिनिकको ५१ औं संस्करण धरान–१५ स्थित दशरथ पथ टोल सुधार समितिको सहकार्यमा सम्पन्न भएको छ । पाक्षिक रुपमा आयोजना हुने यो शिविरमा वरिष्ठ मुटुरोग विशेषज्ञ डा. प्रशान्त शाहले स्वास्थ्य परिक्षण गर्ने गरेका छन् ।
हरेराम कीर्तन कुञ्ज, धरान–१५ मा आयोजित यस शिविरमा ६० वर्ष भन्दा माथिका जेष्ठनागरिकहरुलाई निःशुल्क स्वास्थ्य परिक्षण गर्ने गरिएको अभियानका अध्यक्ष विष्णु बरालले बताएका छन् । बरालका अनुसार शिविरमा बिरामीहरुको निःशुल्क मधुमेह परिक्षण र औषधी समेत निःशुल्क प्रदान गरिएको थियो ।
त्रिभुवन बरालको संयोजकत्वमा सम्पन्न उक्त क्निनिकमा वी.पी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका स्टाफ नर्स कला थापा र एलिना केसीले बिरामीहरुका लागि रक्तचाप जाँच र मधुमेह परिक्षण गरेका थिए । परिवर्तनका लागि सामाजिक अभियानका मोहन श्रेष्ठ, हेम ढकाल, जेनिश शाक्य, निशान नेपाल, वर्षा अग्रवाल लगायतका अभियन्ताहरुको सक्रिय सहभागिता रहेको थियो । कार्यक्रमको समापन समारोहमा प्रमुख अतिथि १५ नं. वडा कार्यालयका वडाध्यक्ष नरेश इवारमले यो कार्यक्रम निरन्तर रुपमा आयोजना भएको र धराने जनताहरुले निक्कै नै सुविधा पाएकोमा संंस्थाप्रति वडाहार्दिक आभार व्यक्त गरेका छन् । “परिवर्तनका लागि सामाजिक अभियानले यो कार्यक्रम निरन्तर रुपमा आयोजना गरेकोमा अध्यक्ष विष्णु बराल र डा.. प्रशान्त शाहप्रति हामी धन्यवाद व्यक्त गर्दछौं” इवारमले भने ।
समारोह समारोहमा सामाजिक व्यक्तित्व वासुदेव गौतम, दशरथपथ टोल विकास संस्थाका अध्यक्ष सन्तोष खतिवडा लगायतले आयोजक संस्थाप्रति धन्यवाद ज्ञापन गरेका थिए ।

प्रकाशित मिति: माघ १४ २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend