Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

अवैध शारीरिक सम्बन्ध: महिलाको हत्या

हाम्रो कोशी आवाज
माघ १५ २०८०, सोमबार
अवैध शारीरिक सम्बन्ध: महिलाको हत्या

बिर्तामोडः साताअघि झापाको अर्जुनधारामा भएको महिलाको हत्यामा संलग्न एक व्यक्तिलाई झापा प्रहरीले सार्वजनिक गरेको छ ।
इलाका प्रहरी कार्यालय अनारमनीमा पत्रकार सम्मेलनमार्फत अभियुक्त चन्द्रप्रसाद प्रसाईँलाई प्रहरीले सार्वजनिक गर्यो । माघ ८ गते बिहान अर्जुनधारा–६ स्थित ब्याडमिन्टन कबर्डहल नजिक ५० वर्षीया माया कार्की पुलामी मगर मृत भेटिएकी थिइन् ।
अनुसन्धानका क्रममा बिर्तामोड–८ घर भएका ४६ वर्षीय प्रसाईँले ती महिलाको हत्या गरेको खुलेको प्रहरीको भनाइ छ । उनले प्रहरीसमक्ष हत्या गरेको स्वीकारेका छन् ।
‘अवैध शारीरिक सम्बन्ध’ का कारण उनले महिलाको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको जनाइएको छ ।
उनीहरूबीच विवाद भएपछि हात हालाहाल समेत भएको र त्यही क्रममा प्रसाईँले ढुङ्गाले पटकपटक मगरको टाउकोमा प्रहार गरेको पाइएको प्रहरीले जनाएको छ ।
प्रहारपछि महिलाको घटनास्थलमै मृत्यु भएको थियो भने शव बारीमा फ्याँकेर प्रसाईँ फरार भएका थिए । खोजीका क्रममा प्रहरीले प्रसाईँलाई पक्राउ गरेको थियो ।

प्रकाशित मिति: माघ १५ २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend