Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

हाँस्य अभिनेता तक्मेबुढा धरानमा, सुम्निमा पारुहाङको प्रतिमा निर्माणका लागि सहयोग

हाम्रो कोशी आवाज
माघ १५ २०८०, सोमबार
हाँस्य अभिनेता तक्मेबुढा धरानमा, सुम्निमा पारुहाङको प्रतिमा निर्माणका लागि सहयोग

धरानः हाँस्य अभिनेता विल्सनविक्रम राई ‘तक्मेबुढा’ धरान आएका छन् ।
धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई साम्पाङको महत्वकांक्षी योजना सुम्निमा पारुहाङको प्रतिमा निर्माणका लागि सहयोग गर्न उनी धरान आइपुगेका हुन् । परिवारसहित उनी धरान आएका हुन् । उनले धरानका मेयर हर्कराज राई साम्पाङलाई भेटी १ लाख नगद समेत प्रदान गरेका छन् । उनले मेयर साम्पाङको अभियानमा सक्दो सहयोग गर्न पनि आह्वान गरेका छन् ।
तक्मेबुढा नेपाली कला क्षेत्रमा सबैभन्दा लोकप्रियमध्येका एक कलाकारको रुपमा दरिन पुगेका छन् । उनी मौलिक शैलीबाट दर्शकमाझ कमेडी पस्किने हाँस्य कलाकार हुन् । हास्य टेलिश्रृंखला ‘मेरीबास्सै’मा ‘तक्मे बुढा’को भूमिकामा अभिनय गरेका राई अहिले कलाकारितासँगै निर्देशनमा समेत सक्रिय छन् । समयको गतिलाई पहिल्याउँदै नेपाली हाँस्य टेलिफिल्ममा नयाँ र पृथक भूमिकामा देखिएका उनी चर्चित छन् भने यसअघि दर्जनौं म्युजिक भिडियो एवं टेलिश्रृंखलामा समेत निर्देशन गरिसकेका छन् ।
तक्मेबुढाको अहिलेको रोलले पूर्वीय समुदायको लवज पश्चिमा समुदायमा पनि चिनायो । पूर्वमा बोलिने थेगोहरू चर्चित छन् । उनले जनजाति समुदायको प्रतिनिधि गर्दै रोल दिने गरेका छन् ।
प्रतिमा निर्माणार्थ सहयोग आउने क्रम जारी छ । मेयर साम्पाङले अहिले पनि देशविदेशदेखि सहयोग आइरहेको बताउँदै सुम्निमा पारुङहाङ निर्माणबारे प्रष्ट्याएका थिए । उनले इटहरीबाट देखिने विशाल प्रतिभा निर्माण गर्ने बताए ।
‘सेल्फी खिच्ने, आउने, जाने हेर्न मात्रै होइन’, उनले थपे, ‘त्यहाँ फगत प्रतिमा मात्रै बन्दैन, किरात संस्कार संस्कृति, इतिहास, सभ्यताको जीवित प्रतिविम्वका रुपमा स्थापित गर्दै लर्निङ जोनका रुपमा अर्थात् सिक्ने, सिकाउने सङ्ग्रहालय बनाउँदै एउटा विद्यालयको विकसित गर्ने योजना छ ।’ उनले त्यहाँ थुक्पा किनबेचमात्रै होइन, पुर्खाले कस्तो खालको औजार प्रयोग गर्थे, भेषभुषा पहिरिन्थेलगायत किरात सभ्यतासँग जोड्न खोजेको बताए । तस्वीरहरुः हाम्रो कोशी आवाज

प्रकाशित मिति: माघ १५ २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend