Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

आधा तोला सुनका लागि हत्या गर्ने धरानका युवा समातिए

हाम्रो कोशी आवाज
माघ १५ २०८०, सोमबार
आधा तोला सुनका लागि हत्या गर्ने धरानका युवा समातिए

धरानः संखुवासभामा कानमा लगाएको सुनको रिङ लुट्न वृद्धाको हत्या भएको खुलेको छ । जिल्ला प्रहरी कार्यालय खाँदबारीले वृद्धाको हत्या आरोपमा धरान जिरोप्वाइन्टका ३० वर्षीय दीपेन भन्ने आकाश राईलाई सार्वजनिक गरेको हो ।
खाँदबारी नगरपालिका ९ तुम्लिङटारमा माघ ६ गते स्थानीय ६२ वर्षीया दिलकुमारी घिमिरेको हत्या भएको थियो । राईलाई धरान उपमहानगरपालिका २ देसीलाइनको एक गेस्टहाउसबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका राई सोही दिन तुम्लिङटारदेखि भागेको प्रहरीले जनाएको छ ।
राई श्रीमतीसहित तुम्लिङटारमा कोठा भाडामा बस्दै आएका थिए । घटना शंकास्पद भएपछि कोशी प्रदेश प्रहरीबाट तालिम प्राप्त कुकुरको सहयोगमा घटनाको अनुसन्धान गरिएको थियो ।
राईले वृद्धाको हत्या गरी उनको साथमा रहेको आधा तोलाको सुनको रिङ लुटेका थिए । उक्त रिङ राईले धनकुटा पाख्रीबास नगरपालिका ४ बुद्धचौकमा रूपकला ज्वलर्समा ४७ हजार रुपैयाँ बेचेको प्रहरीले जनाएको छ । सोही गहना विवेक ज्वेलरीले पुनः ५८ हजारमा किनेको अनुसन्धानबाट खुलेको छ ।
प्रहरीका अनुसार अरुण तेस्रोमा ज्याला मजदुरी काम गर्ने राई श्रीमतीसहित तुम्लिङटारमा कोठा भाडामा लिएर बस्दै आएका थिए । उनीहरू दुवै जनालाई पनि प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको प्रहरीले जनाएको छ । राईविरुद्ध कर्तव्य ज्यान र चोकी डाँकासम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: माघ १५ २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend