Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

खानेपानीको समस्याले बसाइँसराइले गाउँ रित्तिन थालेपछि तमोरको पानी लगिँदै

हाम्रो कोशी आवाज
माघ १६ २०८०, मंगलबार
खानेपानीको समस्याले बसाइँसराइले गाउँ रित्तिन थालेपछि तमोरको पानी लगिँदै

धरानः धनकुटाको छथर जोरपाटी गाउँपालिकाको वडा नं ३, ४ र ५ मा तमोर नदीबाट खानेपानी लिफ्टिङ गरेर पुर्याइने भएको छ । जोरपाटी बृहत् खानेपानी आयोजनाअन्तर्गत ताँखुवा, तेलिया र पेरेवादिनमा खानेपानी पुरयाउन लागिएको हो ।
सङ्घीय सरकारको रु १६ करोड २३ लाखको लागतमा तमोर नदीबाट उत्तर–पश्चिम १४ किमी खानेपानी लिफ्टिङ पूर्वाधारको काम जारी छ । उक्त खानेपानी आयोजनाबाट एक हजार दुई सय ९५ घरधुरी लाभान्वित हुने आयोजनाका अध्यक्ष विष्णु भुजेलले जानकारी दिए ।
सातवटा ‘लिफ्टिङ स्टेशन’ र चार वितरण केन्द्र रहेको यस आयोजनाले सबैभन्दा बढी सुक्खाग्रस्त क्षेत्र, ताँखुवा र तेलिया गाउँवासीलाई फाइदा पुग्ने छ। गाउँमा भर्खरै कालोपत्र सडक आइपुगेको र खानेपानीसमेत उपलव्ध हुँदा अब गाउँबाट बसाइँसराइ रोकिने भुजेलले बताए ।
खानेपानी समस्याका कारण बसाइँसराइले रित्तिन लागेको गाउँमा यस आयोजनाले पुनः मानिस फर्केर आउने आशा पलाएको वडा नं ४ का सचिव शङ्कर ओझाले जानकारी दिए ।
विसं २०७९ माघबाट दुई वर्षमा आयोजना पूरा हुनेगरी भद्रपुर झापाको एसएल सिद्धकाली जेभीले ठेक्का पाएको छ । हालसम्म ४० प्रतिशत आयोजनाको काम पूरा भएको कम्पनीका सञ्चालक गुणराज अधिकारीले बताए ।
योजना अन्तर्गतस ७० किमी पाइप लाइन विस्तार, खानेपानी कार्यालय, नौवटा खानेपानी ट्याङ्की र चारवटा सुरक्षा भवनको काम सकिएको छ। काम गरेको रु दुई करोड ५० लाख रकम निकासा नपाउँदा आफूलाई काम गर्न कठिन भएको उनले बताए ।
बजेट अभावका कारण ठेक्काको बाँकी रकम आउनेसमेत टुङ्गो नभएकाले काम रोकिन लागेको उहाँले जानकारी दिए। ‘खानेपानी विभागले बजेटको टुङ्गो छैन, पैसा नआएसम्म काम नगर्नु भन्ने मौखिक जानकारी गराएको छ,’ उनले भने ।
समयमा बजेट उपलव्ध भए अगामी असार मसान्तसम्म काम सकेर साउन–भदौबाट खानेपानी परीक्षण सुरु गर्ने उनले बताए । रासस

प्रकाशित मिति: माघ १६ २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend