Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

ललाइफकाइ १५ वर्षीया किशोरीलाई होटलमा लगेर बलात्कार, युवा समातिए

हाम्रो कोशी आवाज
माघ १६ २०८०, मंगलबार
ललाइफकाइ १५ वर्षीया किशोरीलाई होटलमा लगेर बलात्कार, युवा समातिए

धरानः १५ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा झापा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।
मेचीनगर नगरपालिका– १२ स्थित एउटा होटलमा लगेर किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले मोरङको उर्लाबारी– ८ का १९ वर्षीय आयुष धिमाललाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार शनिबार राति ती युवकले किशोरीलाई ललाइफकाइ गरी होटलमा लगेर बलात्कार गरेका थिए । किशोरीका आफन्तले बलात्कार गरेको जानकारीसहित प्रहरीमा उजुरी गरेका थिए ।
घटनापछि सम्पर्कविहीन भएका युवकलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको टोलीले पक्राउ गरेको हो । किशोरीको स्वास्थ्य परीक्षण गरी घटनाबारे अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रकाशित मिति: माघ १६ २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend