Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

चतरास्थित कोशी नदीमा हाम फालेका एकजनाको सकुसल उद्दार

हाम्रो कोशी आवाज
माघ १७ २०८०, बुधबार
चतरास्थित कोशी नदीमा हाम फालेका एकजनाको सकुसल उद्दार

धरानः कोशी नदीमा हामफालेका एकजना वृद्धको प्रहरीले सकुशल उद्धार गरेको छ ।
सुनसरीको बराहक्षेत्र नगरपालिका-१ बराहक्षेत्रस्थित कोशी नदीमा हामफालेका वृद्धको बुधबार सकुशल उद्धार गरिएको हो । ६० वर्षीय वृद्ध कोशी नदीमा हाम फालेको जानकारी पाएपछि प्रहरी चौकी बराहक्षेत्रबाट प्रहरी टोली घटनास्थल पुगेको थियो ।
प्रहरी टोलीले उनलाई स्थानीयको सहयोगमा सकुशल उद्धार गरेको हो । उद्धार गरिएका पुरुषलाई सम्झाईबुझाई आफन्तको जिम्मा लगाइएको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: माघ १७ २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend