Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

बिरामीलाई फलफूल

हाम्रो कोशी आवाज
माघ २३ २०८०, मंगलबार
बिरामीलाई फलफूल

धनकुटाः प्रेस चौतारी नेपालको २६ औं स्थापना दिवसको अवसर पारेर धनकुटामा बिरामीलाई फलफूल वितरण र प्रेस चौतारी धनकुटाको कार्यालय उद्घाटन गरिएको छ । स्थापना दिवसको अवसरमा प्रेस चौतारी धनकुटाले जिल्ला अस्पतालका बिरामीलाई फलफूल वितरण गरेको हो ।
अस्पतालको इमर्जेन्सी र वार्डमा भर्ना भएका बिरामीलाई स्वास्थ्यलाभको कामना गर्दै स्याउ, सुन्तला, अंगुर, फ्रुटी लगायत वितरण गरिएको प्रेस चौतारी धनकुटाका अध्यक्ष रबिन कटेलले जानकारी दिए । सो अवसरमा एमाले अध्यक्ष एवं प्रदेश सभा सदस्य इन्द्रमणी पराजुली, प्रेस चौतारीका केन्द्रिय सदस्य सन्तोष रुचाल, निर्वाचन आयोग सदस्य मानवी तामाङ, प्रदेश कमिटी सदस्य नारायणकुमार आठपहरिया, जिल्ला कमिटीका सल्लाहकारहरू भेषराज कटेल, रमेशचन्द्र अधिकारी, जिल्ला अध्यक्ष कटेल लगायतले बिरामीलाई फलफूल प्रदान गरे ।
पत्रकार महासंघका जिल्ला अध्यक्ष नगेन्द्र राई, उपाध्यक्ष विदुर खवास, सचिव हरीबहादुर लम्जेल, सहसचिव ईश्वर थापा, फोनिजका प्रदेश अध्यक्ष सन्तवीर लामा, जिल्ला अस्पतालका प्रमुख डा.अमिताभ ठाकुर लगायतले पनि बिरामीलाई फलफूल वितरण गरेका थिए ।
यसैबीच, स्थापना दिवसकै अवसर पारेर धनकुटा नगरपालिका–७ मा प्रेस चौतारी जिल्ला कमिटी धनकुटाको कार्यालय पनि उद्घाटन गरिएको हो । प्रेस चौतारीका केन्द्रिय सदस्य रुचाल र जिल्ला अध्यक्ष कटेलले संयुक्त रुपमा रिबन काटेर औपचारिक रुपमा कार्यालय उद्घाटन गरे ।
सो अवसरमा बोल्दै केन्द्रिय सदस्य रुचाल, सल्लाहकारद्वय अधिकारी, कटेल लगायतले कार्यालय उद्घाटन गरेर प्रेस चौतारी धनकुटाले सङ्गठनलाई थप व्यवस्थित बनाउने काम गरेको भन्दै सफलताको शुभकामना दिए । प्रेस चौतारी, पत्रकारहरूको अग्रणी संगठन हो । धनकुटामा ५६ जना सञ्चारकर्मी प्रेस चौतारीमा आवद्ध छन् ।

प्रकाशित मिति: माघ २३ २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend