Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरान-१५ का पुण्यमाथि पुण्यको काम, किचन हल बनाइदिएर हस्तान्तरण

हाम्रो कोशी आवाज
माघ २३ २०८०, मंगलबार
धरान-१५ का पुण्यमाथि पुण्यको काम, किचन हल बनाइदिएर हस्तान्तरण

धरानः लायन्स क्लव अफ धरान विजयपुरले धरान–१५ महादेव चौक निवासी स्पाइनल कर्ड इन्जुरी भएर थलिएका पुण्य प्याकुरेललाई किचन हल निर्माण गरी हस्तान्तरण गरेको छ ।
क्लबले एक लाख दश हजार रुपैयाँको लागतमा निर्मार्ण गरी मंगलबार पुण्यको घरमा नै किचन हल हस्तान्तरण कार्यक्रमको आयोजना गरी पुण्यका परिवारलाई हस्तान्तरण गरेको हो । लायन्स विजयपुरका पूर्व अध्यक्ष एलसीआइएफ लायन्स रेखा गुरुङले पुण्य प्याकुरेलको अवस्थाको विषयमा जानकारी गराएपछि क्लवले किचन निर्माण योजना बनाएको लायन्स विजयपुरका अध्यक्ष उमा ताम्राकारले जानकारी दिइन् ।
पुण्य प्याकुरेल करिव ९ वर्ष अघि मजदुरी गरेर घर फर्किँदा दुर्घटनामा परेका थिए । उनको छातीको भागदेखि मुनि प्यारालाइसिस भएका छन । यसअघि नेपाल यातायात स्वतन्त्र मजदुर संगठन र धरानका पत्रकारहरुले तिहारमा देउसी खेलेर प्याकुरेल घर निर्माण अभियान चलाई उनको घर बनाइदिएका थिए ।
पुण्यको परिवारमा श्रीमती, एक छोरा र एक छोरी छन् । अर्थिक अवस्था कमजोर रहेका पुण्यको परिवारका लागि लायन्स क्लव अफ धरान विजयपुर नियमित रुपमा औषधि, खाद्यान्न, बालबच्चाका लागि आवश्यक शैक्षिक सामग्री लगायत उपलव्ध गराउँदै आइरहेको छ । हस्तान्तरण कार्यक्रममा डिस्ट्रिक गर्भनर शिवहरी शर्मा, भाइस गर्भनर विकास अधिकारी, आइपिडिजि धिरज गुरुङ लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: माघ २३ २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend