Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानेको मुटु जाँच्दै, निःशुल्क औषधि दिँदै चिकित्सक

हाम्रो कोशी आवाज
माघ २८ २०८०, आइतबार
धरानेको मुटु जाँच्दै, निःशुल्क औषधि दिँदै चिकित्सक

धरानः सामाजिक स्वास्थ्य क्लिनिकमा मुटुमा लगाइएको पेसमेकरको अवस्था र अवधि सम्बन्धमा समेत निःशुल्क जाँच गरिएको छ ।
परिवर्तनका लागि सामाजिक अभियान, धरानले नियमित रुपमा आयोजना गर्ने गरेको सामाजिक स्वास्थ्य क्लिनिकमा पेस मेकर लगाइएका बिरामीहरुको जाँच गरिएको छ । मुटुका बिरामीहरुका लागि लगाइएको पेस मेकरको आयु, ब्याट्रीको अवस्था र धड्कनको गति समेतको परीक्षण गरिएको अभियानका अध्यक्ष विष्णु बरालले बताए । बरालका अनुसार पाक्षिकरुपमा आयोजना गर्ने गरिएको शिविरमा मुटु, ब्लड प्रेसर र मधुमेहका रोगीहरुको स्वास्थ्य परीक्षण गरिन्छ ।
६० वर्षभन्दा माथिका जेष्ठ नागरिकको स्वास्थ्य क्लिनिकको ५२ औं संस्करण भानुसब्जी तथा फलफूल व्यवसायी संघको सहकार्यमा आयोजना गरिएको हो । शिविरमा वरिष्ठ मुटुरोग विशेषज्ञ डा. प्रशान्त शाहले स्वास्थ्य परीक्षण गरेका थिए । सो क्लिनिकमा ९८ जना जेष्ठ नागरिक बिरामीहरुको स्वास्थ्य परीक्षण गरिएको थियो । कार्यक्रममा सुगर परीक्षण र औषधि वितरण समेत निःशुल्करुपमा गरिएको संयोजक सुशिर बरालले बताए ।
बिरामीहरुको रक्त परीक्षण र रक्तचाप परीक्षण स्टाफ नर्स श्वेता भण्डारी र चेतना परियारले गरेका थिए । शिविरमा वर्षा अग्रवाल, हेम ढकाल, निशान नेपाल, सुनैना आचार्य र सोफिया बजगाईलगायतका अभियन्ताहरुको सक्रिय सहभागिता रहेको थियो । भानुसब्जी ब्यवसायी संघका अध्यक्ष रमा चौहान खतिवडाले यस्तो कार्यक्रममा संस्थाले सहकार्य गर्न पाएकोमा खुशी व्यक्त गरिन् । “आप्mना सदस्यहरुको र अन्य महानुभावहरुको समेत स्वास्थ्य जाँच गर्न पाएकोमा अभियानलाई आभार व्यक्त गर्दछु” खतिवडाले भनिन् ।
परिवर्तनका लागि सामाजिक अभियानले यस प्रकारको सामाजिक स्वास्थ्य क्निनिक धरानका विभिन्न वडाहरु, इनरुवा, चतरा लगायत झापाको झापा गाउँ पालिकामा समेत आयोजना गरिसकेको छ ।

 

प्रकाशित मिति: माघ २८ २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend