Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धनकुटामा ट्याक्टरबाट भुइँमा खस्दा किचेर मृत्यु

हाम्रो कोशी आवाज
माघ २९ २०८०, सोमबार
धनकुटामा ट्याक्टरबाट भुइँमा खस्दा किचेर मृत्यु

धरानः धनकुटाको चौविसे गाउँपालिका ८ मा ट्याक्टरले किचेर एकजनाको मृत्यु भएको छ ।
चौबिसे गाउँपालिका ८ अठार सय बस्ने ३६ वर्षीय दिलप्रसाद तामाङको ट्याक्टरले किचेर मृत्यु भएको प्रहरीले जनाएको छ । उनको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
भित्री कच्ची सडक खण्डमा चौबिसे–८ बस्ने ३२ वर्षीय टंकबहादुर खड्काले चलाएको को२त ५०६३ नम्बरको ट्रयाक्टरले किचेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार टयाक्टरबाट भुईमा खसी ट्रयाक्टरले किचेर उनी गम्भीर घाइते भएका थिए । उनको धरानस्थित बीपी प्रतिष्ठानमा उपचार भइरहेको थियो ।
उनी ट्रयाक्टरमा काम गर्ने कामदार रहेको प्रहरीले जनाएको छ । चालकको लापरवाहीले दुर्घटना हुन पुगेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: माघ २९ २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend