Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरान-४ का युवा गाडीमा गाँजा लिएर भाग्न खोजेपछि प्रहरीद्वारा दुई राउण्ड हवाइ फायर, समात्यो १३ बोरा गाँजा

हाम्रो कोशी आवाज
फाल्गुन १ २०८०, मंगलबार
धरान-४ का युवा गाडीमा गाँजा लिएर भाग्न खोजेपछि प्रहरीद्वारा दुई राउण्ड हवाइ फायर, समात्यो १३ बोरा गाँजा

धरानः ठूलो परिमाणमा नेपाली नक्कली नोट बरामद गरेर प्रशंसा कमाएको सुनसरी प्रहरीले बराहक्षेत्र नगरपालिका–९ बाट ठूलो परिमाणमा गाँजा बरामद गरेको छ ।
मंगलबार सुनसरीको बराहक्षेत्र नगरपालिका–९ राजाबासस्थित घाटनजिक कोशीको किनारबाट ४०६ किलो ९४० ग्राम गाँजा बरामद गरेको प्रहरीले जनाएको छ । टाटा सुमो गाडीमा गाँजा रहेको सूचना प्राप्त गरेपछि इलाका प्रहरी कार्यालय महेन्द्रनगरले खटिएको प्रहरीले प्रदेश ०१–०२–००१ ज ४०५० नम्बरको बोलेरो गाडीमा तलासी लिँदा त्यहाँ लुकाई राखेको अवस्थामा गाँजासहितको गाडी बरामद गरेको जनाइएको छ । गाडीभित्र १३ वटा बोरामा गाँजा फेला परेको प्रहरीको भनाई छ ।
गाँजाको कारोबारमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ समेत गरेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा बोलेरो चालक धरान–४ का २५ वर्षीय सूर्य राई र भोजपुरको हतुवागढी गाउँपालिका–८ का २७ वर्षीय लक्ष्मण राई रहेका छन् ।
उनीहरुलाई नियन्त्रणमा लिन प्रहरीले दुई राउण्ड फायर समेत गर्नुपरेको सुनसरी प्रहरीले जनाएको छ । प्रहरीले पक्राउ गर्दा टाटा सुमो गाडी चलाई भाग्न खोजेपछि प्रहरीले २ राउन्ड फायर गरी उनीहरूलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी चक्रघट्टीले जनाएको छ । प्रहरी अनुसार फायरबाट मानवीय क्षति भएको छैन ।
आइतबार समेत सुनसरी प्रहरीले धरानबाट १६३ किलो गाजासहित दुई जनालाई पक्राउ गरेको थियो । त्यसैगरी सोमबार पनि १४९ किलो गाजासहित १२ जना भारतीय नागरिक परेका थिए ।
पक्राउ परेकाहरू माथि जिल्ला अदालत सुनसरीबाट म्याद थप गरी विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको थियो । दुई दिनअघि पनि सुनसरी प्रहरीले धरानबाट १ सय ६३ किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको थियो भने सोमबार पनि १ सय ४९ किलो गाँजासहित १२ जना भारतीय नागरिकलाई पक्राउ गरेको थियो ।
इलाका प्रहरी कार्यालय महेन्द्रनगरको प्रहरी निरीक्षकको कमान्डमा खटिएको प्रहरी टोलीले गाँजा र दुई जनालाई नियन्त्रणमा लिएको हो ।

प्रकाशित मिति: फाल्गुन १ २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend