Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरान रंगशालामा ‘धरान एक्स्पो’ फागुन ११ गतेदेखि २३ गतेसम्म, स्टल बुकिङ खुल्ला

हाम्रो कोशी आवाज
फाल्गुन ७ २०८०, सोमबार
धरान रंगशालामा ‘धरान एक्स्पो’ फागुन ११ गतेदेखि २३ गतेसम्म, स्टल बुकिङ खुल्ला

धरान आगामी ११ फागुनदेखि सुरु हुने ‘धरान एक्स्पो–२०८०’ का लागि स्टल बुकिङ खुला गरिएको छ । धरानको रङ्गशाला परिसरमा आयोजना हुने एक्स्पोका लागि स्टल बुकिङ खुला गरिएको आयोजक सुनसरी उद्योग वाणिज्य संघले जानकारी दिएको छ ।
मुलुकको विद्यमान आर्थिक शिथिलतालाई चलायमान बनाउने उद्देश्यसहित वाणिज्य संघले एक्स्पो आयोजना गर्न लागेको हो । धरानका स्वदेशी उत्पादनहरूसहित कृषि, पर्यटन लगायत अन्य सम्भावित क्षेत्रहरूको प्रवद्र्धन एवं विकासमा जोड दिनुका साथै यस क्षेत्रका आर्थिक गतिविधिहरूलाई गतिशील बनाउने उद्देश्य रहेको संघका अध्यक्ष विजय श्रेष्ठले बताए । उनले भने, ‘धरान एक्स्पोले धरानको व्यापारी, व्यवसायी, स्थानिय उद्यमीमा नयाँ उत्साह र उपभोक्ता बजारमा चहल पहल ल्याउने हामीले विश्वास गरेका छौँ ।’
एक्स्पो विशेषरूपमा धरानको स्थानिय उत्पादन, कृषि सामाग्री बेसार, कालो बङ्गुर, तिनपाने, अदुवा, अम्लिसोलाई प्रवर्द्धन गर्दै स्थानिय आर्थिक गतिविधि बढाउन आयोजना गरिएको अध्यक्ष श्रेष्ठले बताए । यस पटकको मेलामा डोम हेंगरमा निर्मित करिब १५० स्टलहरु रहने छन् । डोम भित्र संवेदनशील वस्तुहरूको करिब १०० वटा स्टल हुनेछन् । बाहिर थप अन्य स्टलहरू हुनेछन् ।
मेलामा दर्शकहरुरूलाई मनोरञ्जन प्रदान गर्न विभिन्न राष्ट्रिय कलाकारहरूबाट सांगीतिक कार्यक्रम र विभिन्न मनोरञ्जनात्मक सामाग्रीहरू रहेको आयोजकले जनाएको छ । त्यसको लागि एक्स्पो समय बिहान देखि साँझ ४ बजे सम्म प्रवेश निःशुल्क रहने तर साँझ ५ बजे देखि प्रवेश टिकट १०० देखि २०० रुपैयाँसम्म लाग्नेछ । एक्स्पो २३ फागुनसम्म सञ्चालन हुनेछ ।

प्रकाशित मिति: फाल्गुन ७ २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend