Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

विद्यालय सुधार्न विद्यार्थी, अभिभावक सडकमा उत्रिए

हाम्रो कोशी आवाज
फाल्गुन ९ २०८०, बुधबार
विद्यालय सुधार्न विद्यार्थी, अभिभावक सडकमा उत्रिए

मोरङः मोरङको पथरी–शनिश्चरे नगरपालिका ७ किर्तिपुरमा रहेको बाल कल्याण माध्यामिक विद्यालय स्कुलका विद्यार्थी र अभिभावकले विभिन्न माग गर्दै प्रदर्शन गरेका छन् ।
व्यवस्थापन समितिले पूर्णता नपाएको, स्कुल प्रशासनले समय तालिका अनुसार स्कुल नलगाएको, स्थानीय विषयमा पठनपाठन नगरेको, सेवामुखी स्कुल नभएको, राजनीतिकरण भएको, विद्यार्थीले कुटपिट गर्ने गरेको, निजी विद्यालयसँग विद्यार्थीको सौदाबाजी गरेको भन्दै उनीहरुले विरोध प्रदर्शन गरेका हुन् ।
विद्यार्थीहरुले दिवा खाजामा पारदर्शीता हुनुपर्ने, शिक्षकहरूले पुरा समय अध्यापन गराउु पर्ने लगायतका माग पनि राखेका छन् । प्रदर्शनका क्रममा उनीहरुले असक्षम शिक्षक प्रशासन चाहिँदैन, विद्यालयमा राजनीतिककरण बन्द गर जस्ता नाराबाजी समेत गरेका छन् ।
मंगलबारदेखि आफूहरुले विरोधका कार्यक्रम सुरु गरेको स्थानीय अभिभावक लेखनाल लुइँटेलले बताए । ‘हामीले हाजिरी परीक्षण गर्दा शिक्षक र विद्यार्थीहरुको उपस्थिति नै भएन,’ त्यसपछि हामीले विरोधका कार्यक्रम सुरु गरेका हौं ।
आफूहरुले अभिभावक र विद्यालयका प्रधानाध्यापक रोहिणी घिमिरेसँग कुरा गर्दा पनि आफूहरुका मागबारे सुनुवाई नभएको कारण विद्यार्थीसहित आन्दोलनमा जानुपरेको उनले बताए । विद्यालय व्यवस्थापन समिति अध्यक्ष चयन गर्दा राजनीतिक भागबण्डा गर्न खोजेको पनि उनले आरोप लगाए । ‘विद्यालय लथालिङ्ग अवस्थामा छ । हिसाव किताब पारदर्शी छैन । यसको न्यायिक निकायबाट आवश्यक छानविन हुनुपर्छ,’ लुइँटेलले भने, ‘विद्यार्थीलाई दिवा खाजा पनि दिइएको छैन । विज्ञान र गणितको शिक्षक नियुक्ति पनि गरेको छैन । बिना शिक्षक विद्यालय कसरी चल्छ ? ।’

प्रकाशित मिति: फाल्गुन ९ २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend