Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

श्रीमान् अरुसँग लागेको भन्दै छोरीसहित आत्मदाहको प्रयास गर्ने महिलाको मृत्यु

हाम्रो कोशी आवाज
फाल्गुन ९ २०८०, बुधबार
श्रीमान् अरुसँग लागेको भन्दै छोरीसहित आत्मदाहको प्रयास गर्ने महिलाको मृत्यु

धरानः गत शुक्रबार आत्मदाहको प्रयास गरेकी झापाको बुद्धशान्ति गाउँपालिका–२ गोपालडाँडा घलेगाउँकी महिलाको उपचारका क्रममा मृत्यु भएको छ ।
आफ्नो र पाँच वर्षीया छोरीको शरीरमा पेट्रोल छर्केर आगो लगाउँदा गम्भीर घाइते भएकी २८ वर्षीया माया रम्तेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक ढुण्डीराज गिरीले बताए । निजकी छोरीको सोही दिन उपचारका क्रममा मृत्यु भएको थियो ।
फागुन ५ गते आफ्ना श्रीमान् राजन विश्वकर्मा परस्त्रीसँग लागेकाले बाध्य भएर आत्महत्याको बाटो रोज्नुपरेको ‘सुसाइड नोट’ प्रहरीले फेला परेको थियो । मायाका श्रीमानलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक कानुनी कारबाही थालेको प्रहरी निरीक्षक गिरीले बताए ।

प्रकाशित मिति: फाल्गुन ९ २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend