Hamro Koshi Aawaj

बिहिबार, असोज १ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

अन्ततः सांसदलाई हिलोमा हिँडाएपछि अनि मात्रै बन्यो कालोपत्रे सडक

हाम्रो कोशी आवाज
फाल्गुन ९ २०८०, बुधबार
अन्ततः सांसदलाई हिलोमा हिँडाएपछि अनि मात्रै बन्यो कालोपत्रे सडक

सुरेश पौडेल
धनकुटा: हिलेदेखि कुवापानी पेट्रोल पम्पसम्मको करिब ५ सय मिटर सडकमा अहिले सर्ररर गाडी कुद्छन्। पिचबाटोमा कुनै अवरोधबिना गाडी चल्दा ड्राइभरहरु खुसी मान्छन्। तर, एक वर्षअगाडि यहाँको अवस्था सजिलो थिएन। बाटो हिलाम्ये थियो, ५ सय मिटर छिचोल्न ड्राइभरहरुलाई निकै गाह्रो पर्थ्यो।
साढे तीन वर्ष अगाडिदेखि कोशी राजमार्ग अन्तर्गत हिलेदेखि कुवापानी पेट्रोलपम्पसम्मको सडक कालोपत्रे हुँदै थियो तर अढाइ वर्ष बितिसक्दा पनि काम सकिएको थिएन।
२०३६ सालमा पिच भएको यो सडक फेरि पिच गर्न सुरु गरिए पनि ठेकेदारको लापरबाहीले गर्दा काम पूरा हुन सकेको थिएन। ठेकेदारहरु पैसा लिएर सम्पर्कविहीन भएका थिए।
हिलाम्ये सडकमा यात्रा असहजमात्र भएन, कयौँ गाडीहरु दुर्घटनामा पनि परे। काठमाडौँबाट गएका गाडीहरु त्यो खण्डमा यात्री ओराल्दै ठाउँ कटेपछि फेरि चढाउने गर्थे।
हिलेबजार पूर्वका पहाडी जिल्लाहरुका लागि महत्त्वपूर्ण व्यापारिक केन्द्र हो। हिलेबाट देब्रे लागे भोजपुर र संखुवासभा पुगिन्छ भने दाहिने लागे तेह्रथुम, पाँचथर र ताप्लेजुङ।
कयौँ महिनासम्म पनि बाटो हिलाम्येको हिलाम्ये देखेपछि स्थानीय युवक तथा अभियन्ता लाक्पा तामाङले एक वर्षअगाडि धनकुटा सडक डिभिजन कार्यालयमा पटकपटक ज्ञापनपत्र बुझाए तर कसैले केही सुनेन। अनि लाक्पाले आफैँ साथीहरु बटुलेर बाटो सहज बनाउन प्रयास गर्न थाले। उनले आफ्नै घरबाट सरसामान लगेर ३र४ जना साथीहरु समेत लगेर काम गरे तर हिलो बाटोमा धेरै सुधार हुन सकेन।
२०७९ मंसिर ४ को प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचन पनि सकियो। धनकुटा क्षेत्र नं।२ ९ख० बाट विजयी भएका प्रदेश सांसद इन्द्रमणि पराजुली त्यही बाटोबाट धनकुटा सदरमुकामतर्फ जाँदै थिए। एमाले धनकुटाका अध्यक्षसमेत रहेका पराजुली ४ हजार ५ सय ६७ मतान्तरसहित उक्त क्षेत्रबाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन्।
लाक्पासहित उनका साथीहरु सडकलाई हिँड्नलायक बनाउने प्रयास गर्दै थिए। त्यतिबेला पराजुली सवार गाडीबाट निक्लेर एक व्यक्तिले लाक्पासहित उनका साथीहरुले गरेको कामको भिडियो बनाएको लाक्पाले देखे।
लाक्पाले एक वर्षअगाडिको त्यो घटना सम्झँदै देशसञ्चारसँग भने, ‘हामी हिलो सोर्दै थियौँ, त्यही सरकारी गाडीबाट क्यामेरा निकालेर भिडियो बनाउँदै गरेको देखेँ, सरकारी गाडीमा सरकारी पत्रकार होला, यो बाटोको बारेमा मिडियामा दिनका लागि खिचेका होलान् भनेर छेउमा गएको, एमालेका सांसद पो हुनुहुँदो रहेछ।’
लाक्पाले पराजुलीलाई समस्याबारे सुनाउँदा उनी चासो नदिएरै हिँड्न खोजे। लाक्पाले सम्झिए( आफ्नै घरबाट सामान लगेर ३,४ दिनदेखि ३,४ जना साथीहरू मिलेर हिलो सोर्दै श्रमदान गर्दै थियौँ, त्यही समयमा पराजुलीज्यू आउनुभयो।
लाक्पाले गाडी रोकेर पराजुलीलाई हिँड्न आग्रह गर्दा उनले मानेनन्। लाक्पाले उनको गाडी नै छेकेर भने( बरु मलाई यहिँ मार्नुहोस्, तपाईँलाई जान दिन्नौँ, एकपटक यो हिलो बाटोमा हिँड्नुहोस्।
उनले एमालेका नेता तथा सांसद आउँदैछन् भनेर योजनाबद्ध रुपमा त्यस्तो नगरेको तर सांसद हुन् भनेर थाहा पाएपछि झक्झक्याएको बताए। लाक्पाले गाडी नै छेकेपछि सांसद पराजुली गाडीबाट ओर्लन बाध्य भए र हिलोमा केहीबेर हिँड्नैपर्‍यो।
सांसद पराजुलीलाई हिलोमा हिँडाएको भोलिपल्टैदेखि काम सुरु भयो। तर एक महिनामै आधा बाटो पिच गरेर काम बन्द भयो। फेरि लाक्पाले स्थानीयसहित गएर धनकुटा डिभिजन कार्यालयमा धर्ना बसेपछि बल्ल एक महिनाअघि यो खण्ड पिच भएको छ।
उनले भने( प्रत्येक घरबाट एक जना बोलाई नाराजुलुसको साथमा धनकुटाको सडक डिभिजन कार्यालयमा गएर आन्दोलन र धर्ना बस्यौँ। सबैको दबाबपछि काम सुरु भयो, प्रमुख जिल्ला अधिकारीले पनि निरन्तर फलोअप गरिरहनु भयो, सबैको साथले काम सम्पन्न भयो।
लाक्पा राजनीतिमा पनि सक्रिय छन्। केहि वर्षअगाडि उनले राप्रपा नेपाल दर्ता गराएका थिए। राप्रपाबाट कमल थापा फुटेर गएपछि उनले राप्रपा नेपालको नेतृत्व कमल थापालाई दिएका थिए।
कमल थापाले राप्रपा परित्याग गरेको एक सातामै २०७८ फागुन १ गते तामाङले विज्ञप्ति जारी गर्दै आफ्नो अध्यक्ष पद थापालाई हस्तान्तरण गरेको जानकारी दिएका थिए। उनले आफू यही पार्टीमा रहने र यसलाई बलियो बनाउने दाबी पनि गरेका थिए।
यद्यपि केही समयमै उनले उक्त पाटी परित्याग गरी नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका थिए। हाल आफू स्वतन्त्र रुपमा रहेको उनले बताए।

प्रकाशित मिति: फाल्गुन ९ २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्

  • गाउँ नछाडुन् भन्दै धमाधम दिन थालियो लैनो गाई

    शहर जान रोक्न धरानः गाउँमा बसाइँसराइ गरेर आउने परिवारलाई टिकाइराख्न धनकुटाको छथर जोरपाटी गाउँपालिकाले पाँच वर्षसम्म दुहुना गाई बाँड्यो । नयाँ परिवारलाई स्थानीय उत्पादनसँग जोडेर पशुपालनमार्फत...

    • १० घण्टा अगाडी
    • ३ मिनेट पाठ
  • धरानमा ल्याइएको अकबरे खुर्सानीमा भेटियो अत्याधिक मात्रामा विषादी

    धरानः धरान भित्रिएको अकबरे (डल्ले) खुर्सानीमा अत्याधिक मात्रामा विषादी भेटिएको छ । धरान–१३ स्थित कृषि बजारमा भित्रिएको अकबरे खुर्सानीमा विषादी भेटिएको हो । भोजपुरका किसानबाट...

    • १३ घण्टा अगाडी
    • २ मिनेट पाठ
  • प्रहरीलाई दुई थान कम्प्युटर सहयोग

    विराटनगरः विराटनगर–३ कञ्चनबारीस्थित आर्या न्युरो हस्पिटलले जिल्ला प्रहरी कार्यालय मोरङलाई दुई थान डेल कम्पनीका कम्प्युटर सहयोग गरेको छ । सामाजिक उत्तरदायित्वअन्तर्गत हस्पिटलले बिहीबार प्रहरी कार्यालयलाई...

    • १४ घण्टा अगाडी
    • १ मिनेट पाठ
  • धरानको पिण्डेश्वर मन्दिर र भेडेटारमा सम्पर्क कार्यालय स्थापना

    धरानः बृहत्तर बराहक्षेत्र विकास समिति चतरा सुनसरीले धार्मिक पर्यटन बढाउन र तीर्थयात्रीहरूलाई सजिलो बनाउनका लागि कार्यक्षेत्र धनकुटाको भेडेटार र धरानको पिण्डेश्वर मन्दिर परिसरमा सम्पर्क...

    • १४ घण्टा अगाडी
    • २ मिनेट पाठ
  • सुनसरीका किसानलाई भ्याइनभ्याइ

    सुनसरी । नगदे बाली जुट व्यवस्थापन गर्न हिजोआज सुनसरीका किसानलाई भ्याइनभ्याइ छ । पछिल्लो एक महिनादेखि जुट काट्ने, जलाशयमा डुबाएर राख्ने, केलाउने, सुकाउने र...

    • १७ घण्टा अगाडी
    • ३ मिनेट पाठ
  • ट्याक्टर दुर्घटनामा दुईजनाको मृत्यु

    धरानः मानेभञ्ज्याङ गाउँपालिका–८ राघापुरमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा मानेभञ्ज्याङ गाउँपालिका–८ का ६१ वर्षीय छबिलाल तिमल्सिना र सोही...

    • २ दिन अगाडी
    • १ मिनेट पाठ

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend