Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरान एक्स्पोमा पहिलो दिन भोलि दर्शकमाझ क्रेज रहेको ‘रकहेड्स’को प्रस्तुति रहने

हाम्रो कोशी आवाज
फाल्गुन १० २०८०, बिहिबार
धरान एक्स्पोमा पहिलो दिन भोलि दर्शकमाझ क्रेज रहेको  ‘रकहेड्स’को प्रस्तुति रहने

धरान : पछिल्लो समय निकै रुचाइएको म्युजिकल ब्याण्ड ‘रकहेड्स’ले धरान एक्स्पोको पहिलो दिन प्रस्तुति दिने भएका छन् ।

सुनसरी उद्योग वाणिज्य संघको आयोजनामा भोली (फागुन ११ गते)देखी ‘धरान एक्स्पो–२०८०’ सुरु हुँदैछ । एक्स्पोको पहिलो दिन मै धरानका दर्शकमाझ निकै क्रेज रहेको म्युजिकल ब्याण्ड ‘रकहेड्स’ आउन लागेका हुन् ।

नेपाली साङ्गीतिक क्षेत्रमा छोटो समयमा लोकप्रिय बन्न सफल ‘रकहेड्स’का ‘रङ्ग’, ‘हजार जन्म’, ‘सिधा कुरा’ लगायतका गीत चर्चित छन् । सञ्जय अर्याल, सम्यक लामा, अरुण तण्डुकार र दावा शेर्पा सम्मिलित ‘रकहेड्स’ले हालसम्म बजारमा ४ वटा एल्बम ल्याइसकेको छ ।

‘रकहेड्स’ मुख्य आकर्षण रहने एक्स्पोमा बेलुका ६ बजेबाट साङ्गीतिक कार्यक्रम सुरु हुने एक्स्पोका संयोजक गोपाल श्रेष्ठले जानकारी दिएका छन् ।
रकहेड्सलाई स्थानीय कलाकार र समूहले साथ दिने छन् । एक्स्पोको पहिलो दिन बिहानदेखि बेलुका ४ बजेसम्म प्रवेश नि:शुल्क राखिएको र बेलुका ५ बजेपछि प्रवेश टिकट २०० रुपैयाँ रहेको संयोजक श्रेष्ठले बताए ।

प्रकाशित मिति: फाल्गुन १० २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend