Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सेन्ट जोसेफका विद्यार्थी चन्द्रमामा बासस्थानको खोजी प्रतियोगितामा प्रथम

हाम्रो कोशी आवाज
फाल्गुन ११ २०८०, शुक्रबार
सेन्ट जोसेफका विद्यार्थी चन्द्रमामा बासस्थानको खोजी प्रतियोगितामा प्रथम

विराटनगर । लुनार ह्याबिटेट च्यालेन्ज २०२४ मा विराटनगरको सेन्ट जोसेफ स्कुलले तीन वटा पुरस्कार जित्दै प्रथम भएको छ । फागुन ३ गतेदेखि काठमाडौंमा सुरु भएको २ दिने कार्यशाला पश्चात चार दिन भएको प्रतियोगितामा सेन्ट जोसेफले तीन वटा पुरस्कार जितेको हो ।
यस्तै सेन्ट जोसेफबाट सहभागी विद्यार्थीहरूले उत्कृष्ट समन्वय र उत्कृष्ट कागजात पुरस्कार पनि प्राप्त गरेका थिए । उपत्यका भित्र र बाहिरका समेत गरेर १४ विद्यालयहरूका प्रतिनिधित्व गर्ने कुल १४ टोलीहरू सहभागि कार्यक्रममा सेन्ट जोसेफ उत्कृष्ट बन्न सफल भएको थियो । कार्यक्रममा सेन्ट जोसेफबाट स्वरूप पराजुली, पोषणा भारती, सुभाङ्गी अधिकारी र स्तुती केसी सहभागि भएका थिए ।
सेन्ट जोसेफ स्कूलले गुणस्तरीय शिक्षाको माध्यमबाट विश्वमा आफ्नो स्तर कायम गर्न सफल भएको विद्यार्थीहरूले आफ्नो प्रतिभा मार्फत चिनाउन सफल भएका छन् । हरेक विद्यार्थीहरूमा केहीन केही प्रतिभा लुकेर बसेको हुन्छ, स्कुलका डाइरेक्टर रोहित जंग थपलियाले भने, ‘उनीहरूलाई आफ्नो प्रतिभा प्रस्फुटनका लागि प्लेटफर्म चाहिन्छ । सेन्ट जोसेफले उनीहरूका लागि त्यो प्लेटफर्म उपलब्ध गराउँदै आएको छ ।’
के हो लुनार ह्याबिटेट ?
लुनार ह्याबिटेट च्यालेन्ज जोन्सन स्पेस सेन्टर, नासा, ह्युस्टनमा स्पेस यू कार्यक्रमबाट प्रेरित एक अद्वितीय डिजाइन च्यालेन्ज कार्यक्रम हो । यसले विद्यार्थीहरूलाई विभिन्न अन्तरिक्ष विज्ञान परियोजनामा काम गर्न प्रेरित गर्ने गर्दछ ।
यो प्रतियोगिता विद्यालय स्तरका अन्य प्रतियोगिताहरू भन्दा धेरै अनौठो छ, किनभने विद्यार्थीहरूले उनीहरूलाई दिइएको कार्य सामग्रीहरूमा सीमित पहुँच र प्रतिस्पर्धाको क्रममा तत्कालै पूरा गर्छन् । यस चुनौतीको लागि, आयोजकले एउटा कथा बनायो जुन धेरै नाटकीय देखिन्छ तर विद्यार्थीहरूलाई नैतिक गतिविधिहरूको लागि प्रेरित गर्दछ ।
यस प्रतियोगितामा विद्यार्थीहरूलाई वाटर रकेट, कोल्ड सिमुलेशन, रकेट प्रोपल्सन, चन्द्रमा बस्ने ठाउँको डिजाइन बनाउन आग्रह गरिएको थियो । अवतरणका लागि प्यारासुट, लुनार ह्याबिटेट, लुनार ल्यान्डर, स्पेस वाक, स्याटेलाइट कम्युनिकेशन आदि बनाउन दिइएको थियो ।
कार्यशाला फागुन ३ गतेदेखि सुरु भएको थियो भने फागुन ६ गतेबाट प्रतियोगिता भएके थियो । ज्ञानोदय बालवाटीकामा भएको कार्यक्रमको उद्देश्य विद्यार्थीहरूलाई रकेटरी, अन्तरिक्ष विज्ञान र मानव अन्तरिक्ष उडानका विभिन्न पक्षहरूसँग परिचित गराउनु रहेको थियो ।

प्रकाशित मिति: फाल्गुन ११ २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend