मोरङः बेलबारीमा टिपर, बस र बोलेरो ठोक्किँदा तीनजनाको मृत्यु भएको छ भने दुईजना गम्भीर घाइते भएका छन् ।
पूर्व–पश्चिम लोकमार्गअन्तर्गत मोरङको बेलबारी नगरपालिका–१ र ३ को सीमानामा पर्ने सडकमा तीन वटा सवारी साधन एकआपासमा ठोक्किए दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
ट्रिपरर बोलेरोलाई ठक्कर दिँदा तीन जनाको मृत्यु भएको हो । बिहान पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश १–०२–००१ ख ९६७६ नम्बरको ट्रिपरले पश्चिमतर्फ आउँदै गरेको मे१झ २८५६ नम्बरको सुमो गाडीलाई ठक्कर दिएको थियो । त्यसपछि बागमती प्रदेश ०३–००१ ख २७१८ नम्बरको यात्रुबाहक बसमा पनि सुमो ठोक्किन पुगेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरिक्षक रन्जन कुमार दाहालले जानकारी दिए ।
प्रहरीका अनुसार मृत्यु हुने उनीहरु सबै बोलेरो जीपमा सवार थिए । दाहालका अनुसार मृत्यु हुनेमा कमल गाउँपालिका-२ का ५२ वर्षीय यदुकान्त भट्टराई र सोही ठाउ बस्ने वर्ष ४४ कि दीपा खनाल रहेकी छिन् । उनीहरुको घटनास्थलमै मृत्यु भएको थियो भने सुमो चालकको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । झापाको बिर्तामोड २ बस्ने ३६ वर्षका कृष्ण गजुरेलको उपचारका क्रममा विराटनगरको न्यूरो अस्पतालमा मृत्यु भएको दाहालले बताए । गम्भीर घाइते भएका अन्य दुईजनाको न्यूरो अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ । उनीहरुको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ ।
तीब्र गतिको ट्रिपरले बोलेरो गाडीलाई ठक्कर दिएपछि बोलेर उछिट्टिएर बसमा ठोक्किँदा बोलेरोमा सवार तीनजनाको मृत्यु भएको हो ।
दुर्घटनामा परेर बोलेरो जीप पूर्णरूपले क्षतिग्रस्त बनेको छ । टिपरको अगाडिको भागमा क्षति पुगेको छ । बसको भने पछाडिको भागमा सामान्य क्षति भएको प्रहरीले बताएको छ । प्रहरीले टिपर र चालक मोरङको सुन्दरहरैँचा नगरपालिका–७ का २३ वर्षीय चन्द्रबहादुर विक तथा बस र चालक सुन्दरहरैँचा–१२ का ४५ वर्षीय छत्रकुमार मास्केलाई नियन्त्रणमा लिएको छ ।
