Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

१५ वर्षीया किशोरीको हत्या

हाम्रो कोशी आवाज
फाल्गुन २२ २०८०, मंगलबार
१५ वर्षीया किशोरीको हत्या

विराटनगर: मोरङको पथरीशनिश्चरेमा एक किशोरीको हत्या भएको छ। प्रहरीका अनुसार उनको सोमबार राति हत्या भएको हो। पथरीशनिश्चरे नगरपालिका-७ स्थित लामा टोलमा बस्दै आएकी १५ वर्षीया ज्ञानमति थुलुङ राईको हत्या भएको हो।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार ती किशोरी मामाको छोराको घरमा बस्दै आएकी थिइन्। घर पसिसरमा राति करिब ११ बजे अज्ञात व्यक्तिले धारिलो हतियार प्रहार गरेर उनको हत्या गरेको प्रहरीको भनाइ छ।

किशोरीको गर्धनसहित शरीरका विभिन्न भागमा हतियारको चोट देखिएको छ। आक्रमणका क्रममा उनी चिच्याएपछि दाजु विनोद कोठाबाट निस्किएर घटनास्थलमा गएका थिए । उनले आफू पुगेको केही बेरमै बहिनीको मृत्यु भएको प्रहरीलाई जानकारी गराएका छन्।

उनी स्थानीय पञ्चायत माध्यमिक विद्यालयमा कक्षा ७ की विद्यार्थी हुन्। किशोरी मामाको छोरा विनोदले घरमा सञ्चालन गरेको होटलमा काम सघाउँदै, स्थानीय विद्यालयमा पढ्दै आएकी थिइन् ।

प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको छ। घरका मानिस एवं आसपास छिमेकका मानिसहरुसँग सोधपुछ गर्ने र शंकास्पद व्यक्तिहरुको निगरानी गर्ने काम भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: फाल्गुन २२ २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend