Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

आँखाको माथिल्लो भागमा बाँसको लठ्ठी छिरेपछि धरानको बीपी प्रतिष्ठानमा सफल शल्यक्रिया

हाम्रो कोशी आवाज
फाल्गुन २३ २०८०, बुधबार
आँखाको माथिल्लो भागमा बाँसको लठ्ठी छिरेपछि धरानको बीपी प्रतिष्ठानमा सफल शल्यक्रिया

धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान जटिल प्रकारको शल्यक्रिया सफल भएको छ ।
इटहरीका ५ वर्षीय एक बालकको आँखाको जटिल प्रकारको शल्यक्रिया गरिएको हो । प्रतिष्ठानका चिकित्सकले जटिल शल्यक्रिया सम्पन्न गरेका हुन् ।
इटहरीबाट आएका ५ वर्षीय बालक आवाज श्रेष्ठको दायाँ आँखाको माथिल्लो भागमा बाँसको लठ्ठी घुसेको थियो । झुलबाट खसेर गम्भीर बनेका उनी अन्य अस्पतालबाट रेफर भएर यहाँ आइपुगेका थिए ।
करिब ९ घण्टा पछाडि उनको जटिल शल्यक्रिया सम्पन्न भएको हो । चिकित्सकले ड्युरोप्लास्टीको साथमा विदेशी शरीर हटाउने र डिप्रेस्ड दाहिने पक्षीय सुप्रोर्बिटल फ्रन्टल हड्डीको उचाइको साथ सही सुप्रोर्बिटल मिनी क्रेनियोटोमी गरेका थिए । प्रतिष्ठानस्थित नेत्ररोग विभागले ढक्कन पुननिर्माण शल्यक्रिया गरेको थियो । शल्यक्रियापछि बिरामी तीनदिन आइसीयू र १० दिन वार्डमा राखी बिरामीको स्वास्थ्य ठीक भएपछि डिस्चार्ज समेत गरिएको चिकित्सकले जनाएका छन् ।

 

प्रकाशित मिति: फाल्गुन २३ २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend