Hamro Koshi Aawaj

मंगलबार, साउन १२ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

‘धरान एक्स्पो २०८०’ को समापन, १२ करोड कारोबार भएको दाबी, ५ लाख दर्शकद्वारा अवलोकन

हाम्रो कोशी आवाज
फाल्गुन २३ २०८०, बुधबार
‘धरान एक्स्पो २०८०’ को समापन, १२ करोड कारोबार भएको दाबी, ५ लाख दर्शकद्वारा अवलोकन

धरान: सुनसरी उद्योग वाणिज्य संघको आयोजनामा फागुन ११ गतेबाट सुरु भएको ‘धरान एक्स्पो २०८०’ सकिएको छ ।
नेपाल सरकारका सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीमार्फत उद्घाटन गरिएको एक्स्पोलाई कोशी प्रदेशका सांसद रमेश बस्नेतको प्रमखु आतिथ्यमा समापन गरिएको हो ।
धरान रङ्गशालामा १३ दिनसम्म संचालन भएको एक्स्पोमा ५ लाख दर्शकले अवलोकन गर्दा करिब १२ करोड कारोबार भएको दाबी आयोजकको छ ।
प्रदर्शनी मूल आयोजक समितिका संयोजक गोपाल श्रेष्ठले एक्स्पो यस क्षेत्रका लागि एक पहिचान र उत्सव बनेको बताए । उनले एक्स्पोमा संघले राखेको ५ लाख दर्शकको अवलोकन र १० करोड बढीको कारोवारको लक्ष्य पूरा भएकोमा खुशी व्यक्त गर्दै व्यवसायीहरुले पछिल्ला दिनमा सामना गर्नुपरेको आर्थिक संकट र व्यवसायिक अस्थिरताको अन्त्य गरी बजारलाई चलायमान बनाउन एक्स्पोले सकारात्मक भूमिका निर्वाह गरेको बताए ।
यस्तै, सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष विजय श्रेषले रैथाने उत्पादनको प्रवर्द्धनमा एक्स्पोले महत्त्वपूर्ण भूमिका खेलेको बताए । उनले वर्तमान खस्कदो आर्थिक गतिविधिलाई चलायमान बनाउन एक्स्पोले महत्वपूर्ण भूमिका खेलेको धारणा राखे ।
त्यसैगरी, एक्स्पो समापनका प्रमखु अतिथी तथा कोशी प्रदेशका सांसद रमेश बस्नेतले रैथाने उत्पादनलाई प्राथमिकता दिएर थप व्यवस्थित र विशेष आर्कषक बनाएको उल्लेख गर्दै वाणिज्य संघले यस क्षेत्रको आर्थिक विकासमा खेलेको भूमिकालाई कसैले विर्सन नहुने बताए ।
धरान उपमहानगरपालिकाका उपप्रमुख अईन्द्र विक्रम बेघाले आर्थिक गतिविधि बढाउन यस प्रकारका मेला प्रदर्शनीलाई स्थानीय सरकारहरुले सधै साथ दिने प्रतिवद्धता जनाए ।
एक्स्पोमा सूचना प्रविधि, कृषि, हस्तकला, फ्लोरिकल्चर, गार्मेन्ट, खाद्यान्नसँगै रैथाने (सुनसरी र धरान क्षेत्रका), नेपाल, भारत, बंग्लादेश र पाकिस्तानका गरी एक सय २३ स्टलहरु रहेका थिए ।
एक्स्पोलाई मनोरञ्जनात्मक बनाउन न्रित्य प्रतियोगिता, नेपालका ख्याति प्राप्त गायक गायिकाहरुको साङ्गीतिक कार्यक्रमबाहेक एक्स्पो अवधिभर ‘स्वरोजगार तालिम’ र ‘पर्यटन गोष्ठी’ आयोजना गरिएको थियो । तालिम र गोष्ठी निकै फलदायी रहेको र यसले लक्ष्य प्राप्तिमा सहयोग गर्ने आयोजकले विश्वास लिएको छ ।

प्रकाशित मिति: फाल्गुन २३ २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend