Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको बीपी प्रतिष्ठानमा जनताले सास्ती भोग्नुपरेको भन्दै ध्यानाकर्षण

हाम्रो कोशी आवाज
चैत्र १६ २०८०, शुक्रबार
धरानको बीपी प्रतिष्ठानमा जनताले सास्ती भोग्नुपरेको भन्दै ध्यानाकर्षण

धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका उपकुलपति र नेपाली कांंग्रेसका स्थानीय नेतृत्वहरुबीच भेटघाट अन्तरक्रिया भएको छ ।
नेपाली कांग्रेस, क्षेत्र नं. १, सुनसरीका क्षेत्रीय सभापति सुजेन्द्र तामाङको नेतृत्वमा उपकुलपति डा. ज्ञानेन्द्र गिरीसँग भेटघाट अन्तरक्रिया भएको हो । भेटघाट अन्तरक्रियामा उकुलपति डा. गिरीले डा. गिरीले ४०० शैयाको निर्माणाधीन मातृशिशु स्वास्थ्य केन्द्रको निर्माण कार्य सम्पन्न गरी ६ महिनाभित्र प्रतिष्ठानले हेण्डओभर लिने बताएका छन् ।
फार्मेसीलाई छिट्टै पूर्ण सञ्चालनमा ल्याइने, प्रतिष्ठानको सेवालाई चुस्त, दुरुस्त र प्रभावकारी बनाउन तथा चुहावट रोक्न अनुगमन समिति बनाउने प्रतिबद्धता जनाउँदै एमविविएस शैक्षिक कार्यत्रबmममा स्थानीय कोटा निर्धारण गर्न आफू सकारात्मक रहेको भन्दै प्रतिष्ठानको स्वायत्तता पुनः प्राप्तिका लागि आवश्यक पहल, समन्वय र सहजीकरण गरिदिन समेत आग्रह गरेका थिए ।
प्रतिष्ठानमा एमआरई मेसिन, भिडियो एक्सरे मेशिन, इन्डोस्कोपी मेसिन, आइसियु र डायलाइसिस बेडको अभाव हुँदा नागरिकले सास्ती भोग्नुपरेको, प्रतिष्ठानको फार्मेसीमा औषधि नपाइने, अधिकांश डेन्टल चेयर्स काम नलाग्ने भएको, प्रतिष्ठानको शौचालयहरु अति दुर्गन्धित र फोहोर भएको, प्रतिष्ठानमा खानेपानीको समस्या विगत लामो समयदेखि समाधान नभएको, प्रतिष्ठानको आकस्मिक तथा नियमित अस्पताल सेवाहरु प्रभावकारी नहुनुका साथै कतिपय शिक्षक कर्मचारीहरुले विभिन्न ल्याव तथा रेडियोलोजी सेवाहरु लिन बिरामीलाई खुलेआम बाहिर पठाउने गरेको तथा बाहिर सञ्चालित सेन्टरहरुमा लुकिछिपी काम गर्ने गरेको, प्रतिष्ठानका शिक्षक कर्मचारीहरुको नियमिततवरले वृत्तिविकास नहुने गरेको, राम्रा चिकित्सकहरु पलायन हुने गरेको, शैक्षिक कार्यक्रमहरुमा गुणस्तर खस्किँदै गएको, सञ्चालक परिषदको बैठक तथा दीक्षान्त समारोह नियमित नहुने गरेकोे, सुरक्षा र सरसफाइ प्रभावकारी नभएको जस्ता जनगुनासाहरुवारे कांग्रेस प्रतिनिधि मण्डलले उपकुलपतिको ध्यानाकर्षण गराएका थिए ।
प्रतिनिधि मण्डलमा नेपाली कांग्रेसका क्षेत्रीय सभापति सुजेन्द्र तामाङ, कोशी प्रदेश सदस्य अन्जना राई, सुनसरी जिल्ला सह–सचिव गणेश सुब्बा, प्रदेशसभा १ (१) सभापति अनिल श्रेष्ठ, प्रदेशसभा १(२) सभापति मुरारी भट्टराई, क्षेत्रीय सचिव महेन्द्र प्रधान, क्षेत्रीय सचिव एवम् प्रवक्ता केशव पुरी, क्षेत्रीय कोषाध्यक्ष सुवर्ण श्रेष्ठ, क्षेत्रीय सह–सचिव सुमित राई लगायत सम्मिलित थिए ।

प्रकाशित मिति: चैत्र १६ २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend