सुनसरी- सुनसरीमा दुई समूहबीच झडप भएपछि प्रहरीले ६ राउण्ड हवाइ फायर गरेको छ । शुक्रबार हरिनगर गाउँपालिका– १ भुटाहामा दुई समूहबीच झडप भएपछि प्रहरीले ६ राउण्ड हवाइ फायर गरेको हो ।
हरिनगरा र देवाञ्जगञ्ज गाउँपालिकामा धार्मिक हिंसा भड्किने देखिएपछि अनिश्चितकालिन निषेधाज्ञा जारी भएको छ ।
शुक्रबार दिउँसो १२ बजेदेखि लागू हुने गरी हरीनगरा गाउँपालिकाका सबै वडा र र देवाञ्जगञ्ज गाउँपालिकाको १ र ७ नं वडामा अनिश्चितकालिन निषेधाज्ञा जारी भएको हो ।
सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै सम्भावित मानवीय र सार्वजनिक सम्पत्तिको सुरक्षा गर्न स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ क बमोजिम विभिन्न भेला प्रदर्शन गर्न नगराउन सुनसरी जिल्लाका कार्यवाहक प्रमुख जिल्ला अधिकारी वेदराज फुयाँलद्वारा हस्ताक्षर गरिएको सूचनामा उल्लेख गरिएको छ ।
धार्मिक तनाव बढेपछि सुनसरीका निषेधाज्ञा जारी गरिएको छ।
मुस्लिम र हिन्दु समुदायबीच तनावको अवस्था उत्पन्न भएपछि सुनसरीको हरिनगर गाउँपालिका सबै वडा र देवानगन्ज गाउँपालिका वडा नं. १ र ७ मा अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएको हो।
केही दिनयता ती दुई गाउँपालिकामा सामाजिक र धार्मिक सद्भाव खल्बल्याउने गरी दुई धार्मिक समुदायबीच हिंसात्मक झडपसमेत हुन थालेपछि सुनसरीका कायममुकायम प्रमुख जिल्ला अधिकारी बेदराज फुयँलले शुक्रबार दिउँसो १२ बजेदेखि अर्को सूचना जारी नभएसम्मलाई निषेधाज्ञा जारी गरेका हुन्।
समाचार अनुसार गत जनवरी २२ मा भारतको अयोध्यामा भगवान् श्रीरामको मन्दिर उद्घाटन तथा प्राण प्रतिष्ठाका क्रममा लगाइएका झण्डा र तुलहरू मुस्लिम समुदायले च्यातिदिएको आरोप लागेको छ।
त्यसबारेमा अस्थायी प्रहरी चौकीमा निवेदन दिएको पनि जिकिर हिन्दु समुदायको छ। त्यसपछि दुवै समुदायबीच छलफल भइ सद्वभाव बिग्रिने गतिविधि नगर्ने सहमति भएको थियो।
तर उक्त सहमतिपछि पनि दुवै समुदायबीचको तनाव शान्त भएन। केही युवाहरूमाथि कुटपिट पनि भएको छ। धार्मिक सद्भाव भड्किने गरी बनाइएका केही भिडिओले त्यहाँको वातावरण झनै खल्बल्याएको सुनसरी प्रशासनले जनाएको छ।
मुस्लिम समुदायहरूले हिन्दुहरूका केही युवामाथि आफूहरुको धार्मिक ग्रन्थ कुरान जलाएको आरोपसमेत लगाएका छन्। तर हिन्दु समुदायले भने कुरान नजलाएको भन्दै अफवाह फैल्याइको दाबी गरेका छन्।



