Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

डाँडाबजारमा खानेपानीका लागि एक करोड बजेट दिने मन्त्री राईको घोषणा

हाम्रो कोशी आवाज
चैत्र २५ २०८०, आइतबार
डाँडाबजारमा खानेपानीका लागि एक करोड बजेट दिने मन्त्री राईको घोषणा

धनकुटा: खानेपानी मन्त्री राजेन्द्र राईले धनकुटाको साँगुरीगढी गाउँपालिका–५ स्थित डाँडाबजारमा खानेपानी व्यवस्थापनका लागि एक करोड बजेट उपलब्ध गराउँने घोषणा गरेका छन् । डाँडाबजारस्थित भानु माध्यमिक विद्यालयमा आज बिहान आयोजित बधाई तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री राईले यस्तो घोषणा गरेका हुन् ।
सकेसम्म चालु आर्थिक वर्षमै बजेट उपलब्ध गराउँने मन्त्री राईको भनाई छ । चालु आर्थिक वर्षमा उपलब्ध हुन नसके आगामी आर्थिक वर्षमा बजेट उपलब्ध गराइने मन्त्री राईले बताए । ‘यहाँको खानेपानी समस्या हल गर्नका लागि सक्दो सहयोग गर्नेछु,’ मन्त्री राईले भने, ‘यही आर्थिक बर्षमा एक करोड बजेट उपलब्ध हुनेछ, यो पटक सकिएन भने पनि अर्को आर्थिक वर्षमा बजेट आउँछ, ढुक्क हुनुहोस् ।’
बजेटलाई सही ढंगले खर्च गरेर खानेपानीको समस्या हल गर्न मन्त्री राईले स्थानीय जनप्रतिनिधि, उपभोक्ता समितिका पदाधिकारी लगायतलाई आग्रह गरे । सो अवसरमा साँगुरीगढी गाउँपालिका–५ का वडाध्यक्ष खड्ग लिम्बुले खानेपानीसहित अन्य पूर्वाधार विकासका लागि मन्त्री राईसमक्ष माग पत्र पेश गरेका थिए ।
मन्त्री राईले यसअघि धनकुटा बजारको खानेपानी समस्या समाधानका लागि पनि एक करोड उपलब्ध गराउँने उद्घोष गरेका थिए ।

प्रकाशित मिति: चैत्र २५ २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend