Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

इलाम २ उपनिर्वाचन: आयोगले तोक्यो चुनाव चिहन, स्वतन्त्र उम्मेदवार डकेन्द्रलाई मुढा

हाम्रो कोशी आवाज
चैत्र २७ २०८०, मंगलबार
इलाम २ उपनिर्वाचन: आयोगले तोक्यो चुनाव चिहन, स्वतन्त्र उम्मेदवार डकेन्द्रलाई मुढा

इलाम २ को उपचुनावमा पहिचावादी पक्षधरको सर्मथन पाएका स्वतन्त्र उम्मेदवार डकेन्द्रसिं लिम्बुले मुढा चुनाव चिह्न पाएका छन् ।
निर्वाचन आयोगका अनुसार १९ जना उम्मेदवार छन्, जसमध्ये १२ जना दलगत र बाँकी स्वतन्त्र उम्मेदवार छन् । स्वतन्त्र उम्मेदवारमध्ये डकेन्द्रलाई पहिचावादी पक्षधरहरुले समर्थन गरेका छन् । उनले मुढा चुनाव चिह्न पाएका छन् ।
मंगलबार अन्तिम नामावली प्रकाशन गरी चुनाव चिह्नसमेत प्रदान गरिएको निर्वाचन आयोगले जनाएको छ।
आयोगका अनुसार इलाम क्षेत्र नम्बर २ मा १९ जना उम्मेदवार कायम भएका छन्। जसमध्ये १२ जना राजनीतिक दलबाट र बाँकी स्वतन्त्र उम्मेदवार रहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए।
४१ वटा पहिचानवादी घटकको समर्थनसहित स्वतन्त्र उम्मेदवारी दिएका डकेन्द्रसिं लिम्बूले मुढा चुनाव चिन्ह पाएका छन्।
यस्तै अर्जुनबहादुर शाहीले डोजर, डाकप्रसाद गौतमले महिला, दिपेश बोहोराले सिरिन्ज, मनोज निरौलाले माछा, योगेन्द्र गुरुङले कैंची र राज बस्यालले जुँगा सहितको अनुहार चुनाव चिह्न पाएको पौडेलले जानकारी गराएका छन्।
दलगत रुपमा एमालेका सुहाङ नेम्वाङ, कांग्रेसका डम्बरहादुर खड्का, रास्वपाका मिलन योङहाङ लिम्बु, राप्रपाका लक्ष्मी गुरुङ र जनमतका प्रेमकुमार थाम्सुहाङ, एकीकृत समाजवादीका जीबहादुर राई, नेमकिपाका श्यामबहादुर दर्जी, मंगोल नेशनल अर्गनाइजेशनका मनिबहादुर लिम्बु, राप्रपा नेपालका गणेशबहादुर चौहान, नेपाली जनता दलका रेशमबहादुर सुनार, नेशनल रिपब्लिक नेपालका धनराज राना मगर र राष्ट्रिय मुक्ति आन्दोलनका जयवन्त राना मगर उम्मेदवार छन्।
उता बझाङ प्रदेश सभा १ मा ११ जना उम्मेदवार कायम भएका छन्। इलाम २ मा एमाले उम्मेदवार सुहाङलाई साथ दिएको माओवादीले बझाङमा भने आफ्नै उम्मेदवार अघि सारेको छ।
जहाँ माओवादीबाट जनकबहादुर बुढाले टिकट पाएका छन्। यहाँ नेपाली कांग्रेसले गत असार ५ गते दुर्घटनामा ज्यान गुमाएका प्रदेश मन्त्री पृथ्वीबहादुर सिंहका छोरा अभिषेकलाई टिकट दिएको छ। एमालेले भने यहाँ दमनबहादुर भण्डारीलाई मैदानमा उतारेको छ।

यसैबीच संयुक्त नागरिक पार्टी ९सनापा० ले पहिचानको राजनीतिक मुद्दा स्थापना गर्दै देश,जनताको हित र रक्षाको लागि पहिचान पक्षधरका साझा उम्मेद्वार डकेन्द्रसिंहलाई समर्थन गरी चुनाव प्रचार(प्रसार लगायत निर्वाचन केन्द्रीत सम्पूर्ण गतिविधिमा पार्टीको पूर्ण समर्थन र साथ सहयोग रहने प्रतिवद्धता सहितको निर्णय गरेको छ ।
यहि चैत्र २५ गते पार्टीको संघीय समितिको काठमाण्डौमा सम्पन्न बैठकले सो निर्णय गरेको पार्टीका अध्यक्ष दलमर्दन कामीद्वारा हस्ताक्षरित विज्ञप्तिमा जनाईएको छ । साथै ईलाम २ का सम्पूर्ण मतदाताहरुलाई पहिचान पक्षका स्वतन्त्र उम्मेद्वार थेगिमलाई आफ्नो अमुल्य मत दिई विजयी गराउन पनि हार्दिक अपिल गरिएको जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति: चैत्र २७ २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend