Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

इलाममा मदिरा बिक्री-वितरणमा रोक

हाम्रो कोशी आवाज
बैशाख २ २०८१, आइतबार
इलाममा मदिरा बिक्री-वितरणमा रोक

इलाम: इलाममा मदिरा बिक्री-वितरणमा रोक लगाइएको छ । इलाम-२ मा वैशाख १५ गते हुन लागेको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनलाई लक्षित गरी मदिरा बिक्री वितरणमा प्रतिबन्ध गरिएको हो ।
जिल्ला प्रशासन कार्यालय इलामले यही वैशाख २ देखि वैशाख १५ गतेपछिको मतगणना नसकुञ्जेलसम्म मदिरा बिक्री–वितरणमा प्रतिबन्ध लगाएको इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।
निर्वाचनपूर्व, निर्वाचन र निर्वाचनपछिको समयमा शान्ति-सुरक्षामा असर पर्ने भन्दै मदिराजन्य पदार्थ बिक्री-वितरण एवं सेवन गर्न रोक लगाइएको हो । जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै यदि मदिरा प्रयोग एवं बिक्री वितरण गरेको पाइएमा कानुनअनुसार कारबाही गरिने बताइएको छ ।
शान्ति सुरक्षालाई मध्यनजर गरेर गरिएको यस कार्यलाई सहयोग गर्न जिल्ला प्रशासन कार्यालय इलामले सम्पूर्णमा आग्रह गरेको छ ।

प्रकाशित मिति: बैशाख २ २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend