Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

छुरा प्रहार गरी हत्या

हाम्रो कोशी आवाज
बैशाख २ २०८१, आइतबार
छुरा प्रहार गरी हत्या

खोटाङ: खोटाङमा छुरा प्रहारबाट एक जनाको ज्यान गएको छ । छुरा प्रहारबाट दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका ३१ वर्षीय धनजित राईको गए राति सवा ८ बजे मृत्यु भएको खोटाङ प्रहरीले जानकारी दिएको छ ।
स्थानीय भीमबहादुर राईको मकैबारीमा छुरा प्रहार गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक बेनु कार्कीले जनाकारी दिए । तीन जनाले छुरी प्रहार गरेको र उनीहरू फरार रहेको कार्कीको भनाइ छ । प्रहरी निरीक्षक कार्की, जालपास्थित प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक शिवप्रसाद घिमिरे र तालखर्कस्थित प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक शिव निरौलाको कमाण्डमा प्रहरी परिचालन गरिएको छ ।

प्रकाशित मिति: बैशाख २ २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend