Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

‘पत्रकार उपचार कोष’ मा एक करोड

हाम्रो कोशी आवाज
बैशाख ३ २०८१, सोमबार
‘पत्रकार उपचार कोष’ मा एक करोड

बिर्तामोडः नेपाल पत्रकार महासंघ झापा शाखाले ‘पत्रकार सहारा उपचार कोष’ मा एक करोड १ लाख ११ हजार १११ रुपैयाँ पु¥याएको छ ।
पत्रकार महासंघ झापाले ८ वर्षअघि स्थापना गरेको सो पत्रकार उपचार अक्षयकोषको पूर्व राष्ट्रपति डा. रामवरण यादवले घोषणा गरेका छन् । कार्यक्रममा बोल्दै पूर्व राष्ट्रपति डा. यादवले २०४६ र २०६२÷०६३ को जनआन्दोलनमा पत्रकारले निर्वाह गरेका योगदानका कारण देशमा परिवर्तन आएको बताए । उनले नेपाली पत्रकारिता जगत साउथ एसियामै सबैभन्दा अग्र स्थानमा रहेको जिकिर गरे। झापामा स्थापना गरिएको उपचार कोष अन्य जिल्लामा पनि विस्तार गरिनुपर्ने उनले बताए ।
नागरिकका सूचनाको हक प्रत्याभूतिका लागि जोखिम मोलेर अहोरात्र खटिने पत्रकारको उपचारमा सहयोग पु¥याउने उद्देश्यले विसं २०७३ पुस १६ गते उपचार कोषको स्थापना गरेको नेपाल पत्रकार महासङ्घ झापाका अध्यक्ष एकराज गिरीले बताए ।
महासंघको आफ्नै कोषबाट चार लाख र सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको पाँच लाख गरी ९ लाख रुपैयाँ जम्मा गरेर उपचार कोष स्थापना गरिएको थियो । उक्त कोषमा अहिले एक करोड १ लाख ११ हजार १११ जम्मा भइसकेको अध्यक्ष गिरीले जानकारी दिए ।
उनका अनुसार कोषको रकमबाट पत्रकारहरू घाइते तथा बिरामी हुँदा महासंघले नगद सहयोग गर्दै आएको छ । त्यस्तै महिला पत्रकारहरू सुत्केरी हुँदासमेत सहयोग गर्ने गरेको अध्यक्ष गिरीले बताए । कोषमा पत्रकारले जनही तीन हजार जम्मा गरेका छन् भने अधिकांश रकम विभिन्न दाताहरूले दिएको उनको भनाइ छ ।
अब छिट्टै सोही अक्षयकोषबाट ६५ वर्षमाथिका अग्रज पत्रकारहरूलाई औषधि खर्चबापत मासिक रकम प्रदान गरिने योजना रहेको उनले बताए ।

प्रकाशित मिति: बैशाख ३ २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend