धरानः सुनसरीको इटहरी उपमहानगरपालिका-४ स्थित मुक्तिघाटमा मलामी आएका व्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघाटका कामदारको मृत्यु भएको छ ।
प्रहरीका अनुसार सोमबार दिउँसो पौने २ बजे मुक्तिघाट बृहत मुक्तिघाट क्षेत्र विकाश समिति’ मा दाउराको हार मिलाउने र शव जलाउने काम गर्दै आएका स्थानीय २७ वर्षीय विनोद तामाङको चिर्पट प्रहार तथा कुटपिटबाट मृत्यु भएको हो ।
धरानका ३० वर्षीय अनिल तामाङ र इटहरी उपमहानगरपालिका–४ गैरीगाँउबाट मलामी आएका ३७ वर्षीय उमेश तामाङले कुटपिट गरी चिर्पटले टाउकोमा प्रहार गर्दा घाइते भएका विनोद तामाङको उपचारको क्रममा बेदान्त हस्पिटल इटहरीमा मृत्यु भएको प्रहरीले जनाएको छ । घटनामा संलग्न उमेश तामाङलाई इलाका प्रहरी कार्यालय इटहरीले पक्राउ गरी थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । उता फरार रहेका अनिलको खोजी भइरहेको प्रहरीले जनाएको छ ।